विदेशी प्रेमिकासंग यौन सम्पर्क गर्दागर्दै नेपालीको मृत्यु
विदेशी प्रेमिकासंग यौन सम्पर्क गर्दागर्दै नेपालीको मृत्यु
Added: 2012 August 24

मलेसियाको जोहोरबारु शहरमा आफ्नी बिदेशी प्रेमिकासंग यौन सम्पर्क गर्दागर्दै एक नेपालीको ज्यान गएको छ । जोहोरबारुको नुसाजयामा रहेको एक होटलमा आफ्नी भियतनामी प्रेमीकासित यौन सम्पर्क गर्दागर्दै उनको ज्यान गएको हो ।

भियतनामी प्रेमीका लिएर बजेट नामक होटलमा पुगेका हरिबहादुर मगरको सम्भोग सकेको केही समयपछि राती ११ बजे मृत्यु भएको हो । स्थानीय दैनिक पत्रिका हरियान मेट्रोमा प्रकासित समाचारअनुसार यौनउत्तेजक औषधी सेवनपछि अत्याधिक ‘सेक्स’का कारण उनको मृत्यु भएको बताइएको छ

दिँउसो करिब साढे तीन बजे उक्त जोडी होटल प्रवेश गरेको थियो । राती ११ बजे उनकी प्रेमिकाले होटलमा खवर गरेकी थिइन् । स्खलित भएपछि चरम आनन्दमा सुतेको होला भन्ने सोंचेर चुप लागेकी उनले पछि मात्रै प्रेमीको सास उडेको थाहा पाएकी थिइन् । यौन उत्तेजक औषधीका कारण लखतरान परेकी प्रेमिका सकी–नसकी होटल व्यवस्थापनकहाँ खबर गर्न पुगेको प्रहरीसँग बताएकी छन् ।

अत्याधिक उत्तेजक औषधी सेवनपछि यौनसम्पर्कका कारण मगरकी प्रेमीका चल्नै नसक्ने अवस्थामा रहेकी प्रहरीले बताएको छ । प्रहरीले सो कोठामा प्रयोग गरिसकेका दुई बोत्तल यौन उत्तेजक औषधी र एक क्यान बियरको बोत्तल रहेको बताएको सो प्रत्रिकाले खबर छापेको छ । 


 

सम्बन्धित समाचारहरु