पारपाचुकेवाट बच्ने दश ओटा टिप्स
पारपाचुकेवाट बच्ने दश ओटा टिप्स
Added: 2012 August 18

पश्चिमा राष्ट्रहरुको संस्कृति र चालचनले यतीबेला पूर्वीयाहरुलाई गााज्न
थालेको छ। त्यसबाट हामी नेपालीपनि अछुतो रहनसक्ने कुरै भएन । त्यसमा पनि
पछिल्ला वर्षहरुमा अध्ययन र रोजगारिका लागी पश्चिमा देशरुमा जाने बढ्दो
लहरले त्यहााको संकृतिको प्रभाब नपर्ने कुरै भएन। पश्चिमा सञ्चारमाध्यमहरुको
विश्बव्यापीकरणको लहर वर्तमान शैलीमा नै फैलिने हो भने केही दशकमा
पश्चिमा र पूर्वि राष्ट्रहरुको संस्कृति र चालचलनमा केही फरक नहुने आंकलन
गर्न थालीएको छ ।

प्रसंङ्ग हो पश्चिमा देशहरुमा श्रीमान् श्रीमतीबिचको संबन्धमा
सामान्य दरार देखिन वित्तिकै हुने पारपाचुकेको । यदी हामी पश्ििचमी
संस्कृतिबाट सजग नरहने हो भने माथी भने जस्तै पश्चिमा र हाम्रो संकृतिमा
केही फरक नहोला भन्न सकिन्न । हामीमा पनि श्रीमान् श्रीमतिबिच सामान्य ठाकठूक हुन बित्तिकै पारपाचुकेको निर्णयमा पुग्न के बेर? त्यसैले याहा श्रीमान् श्रीमतीबिचको संबन्ध सुमधुर राख्ने १० उपाय सुझाईको छ ।
१, पुरुषहरुलाई बुझ्न गाह्रो हुन्छ । समय अनुसार पुरुषहरुको आनिबानि र
व्यबहारमा परिवर्तन भईरहन्छ । त्यसैले तपाईंलाई थाहा हुनुपर्छ मेरो श्रीमान्
कस्तो समयमा कस्तो व्यवहार मन पराउछन । त्यसै अनुसारको परिबर्तित व्यबहार
गर्नुहोस ।
२, पुरुषहरु प्राय स्वतन्त्र जीवन बिताउन रुचाउछ । त्यसैले तपाई आफ्नो
श्रीमान्लाई हरबखत आफ्नो नियन्त्रणमा राख्ने प्रयास नगर्नुहोस ।

३, तपाईको श्रीमान् कहिलेकााही घर आउन ढिलो पनि हुन सक्छ । यस्तो अवस्थामा तपाईं आफ्नो श्रीमान्साग नरिसाउनुहोस । श्ांकाको दृष्टिले नहेर्नुहोस्
र स्पष्टिकरण पनि नमाग्नुहोस । अफिसियल कामले पनि ढिलो भएको हुनसक्छ । र
कहिले कंहि साथीभाईले अचानक आयोजना गरेको ग्यादरिङ्गका कारण पनि ढिलो
भएको हुनसक्छ । साथै यो पनि नविर्सनुहोस् “गााास छोड्नु तर साथीको साथ
नछोड्नु”, त्यसैले पनि तपाईको श्रीमान् साथीहरुको आग्रहमा कतै गएका कारण
ढिलो भएको हुन सक्छ ।


४,  घर व्यबहारको काममा पूरुष भन्दा महिला बढी अनुभवी हुन्छन । त्यसैले
तपाईंको श्रीमानने तपाईंलाई समय धेरै नदिन पनि सक्छन । अफिसियल बोझले
पनि तपाईंले चाहेजति समय श्रीमान्ले नदिन सक्छन ।  त्यसैले यो विषयमा तपाईं श्रीमान्साग बहस नगर्नुहोस ।
५, पुरुषहरु सामान किन्दा आफ्नो मात्र सामान किन्न मन पराउाछन । तपाईंको रोजाईका विषयमा तपाईका श्रीमान्लाई ज्ञान नहुनपनि सक्छ । यस्तो अवस्थामा तपाई आफ्ना श्रीमान्ले आफूलाई उपेक्षा गरेको नसम्झनुहोस । सम्भव हुन्छ भने परिवार नै सपिङ्ग गर्न जाने वाताबरण मिलाउनुहोस् ।
६, प्राय: महिला जुनसुकै सामान किन्दापनि साधारण नुन तेल देखि हरेक
सामानको मोलमोलाई र गुणस्तर खोज्दै दुई चारओटा पसल चाहार्न
रुचाउछन्। तर आजै देखि सम्झनुहोस तपाईंको श्रीमान्लाई यो व्यबाहार
पटक्कै मन पर्दैन।
७,  महिलाहरु हरेक ससाना कुराहरुमा पनि सहमती र निर्णय श्रीमान्को होस् भन्ने चाहान्छन् तर सम्झनुहोस् तपाईंको श्रीमान्लाई यो बानी पटक्कै मन
पराउदैनन्। त्यसैले आजै देखि निर्णय लिने वानी बसाउनुहोस्। ससान
कुराहरुमा श्रीमान्साग निर्णय नमाग्नुहोस्।
८, पुरुषहरु महिलाका हरेक सुक्ष्म कुराहरुमा ध्यान दिदैनन्। त्यसैले यस्ता ससना कुरामा ध्यान दिन आग्रह गरेर सहमति जुट्न सक्तैन भन्ने सोच्नुहोस्। र् यस्ता
कुराहरुमा श्रीमान्संग डिष्कस नगर्नुहोस्।
९ तपाईंको श्रीमान्को मोबाइलमा पटकपटक फोन आउन सक्छ। पटकै पिच्छे
कस्को फोन आएको, के भन्या, किन गरेको नसोध्नुहोस्। किनकि पुरुषहरु श्रीमतीलाई सबै कुराको जानकारी गराउनु पर्छ भन्नै ठान्दैनन्।
१०, तपाईंका श्रीमान्ले तपाईंलाई जन्मदिनको उपलक्षमा ल्याईदिएको उपहार
होस् या अन्य कुनै समय ल्याईदिएको कुनै पनि सामान त्यसलाई मन परेन भनेर
अस्वीकार नगर्नुहोस । किनकि यस्तो व्यबहारले तपाईंको श्रीमान्को मनमा चोट
पुग्न सक्छ । त्यसैले श्रीमानले तपाईंका लागी भनेर ल्याईदिएको कुरालाई सधैं
खुला ह्रदयले स्वीर्कानुहोस ।

 

सम्बन्धित समाचारहरु