जापानमा योनी पर्व
Added: 2012 February 05

तपाईलाई कुन कुन पर्वका बारेमा थाहा छ ? अनि तपाई कुन कुन पर्व मनाउनु हुन्छ ? दशैं, तिहार, तीज आदी आदी होला हैन । अनि योनी पर्व नी ? पक्कै पनि तपाई मध्ये धेरैलाई भने यो पर्व मनाउनु हुन्नु होला हैन ? मनाउनु पनि कसरी न त यो हाम्रो पर्व हो न त हाम्रो समाजले नै स्विकार्छ ।
हामीले नमनाए पनि जापानमा भने १५ सय वर्ष भन्दा पहिलेदेखि लिंग–योनी पर्व मनाईन्छ । वसन्त ऋतुमा मनाइने यो पर्व राम्रा सन्तान जन्मियून् भन्ने कामना गर्दै मनाउने गरिन्छ । यो पर्वमा लिंग र योनी आकारका आकृतिहरुको पुजा गर्नुका साथै रथयात्रा समेत गरिन्छ ।

जापानमा हरेक वर्È मार्च १५ तारेखमा कोमाकी सहरमा मनाइने पर्व उल्लेखनीय छ । यो पर्व अन्तरगत अघिल्लो दिनमा छिमेकी टोलले योनी जात्रा मनाउछ भने अर्को दिन अर्को टोलले लिंग जात्राको आयोजना गर्दछ । लिंग र योनी दुबै जात्रामा सबै टोलका मानिस जम्मा हुन्छन् । यो पर्वमा बच्चा, बुढा सबै सहभागि हुन्छन् ।

ओगाटा मन्दिर क्षेत्रमा योनी आकारको ठूलो आकृतिलाई ४० जना युवाले बोकेर जात्रा अघि बढाउछन् । लिंग जात्रामा पनि १ लाख भन्दा बढि मानिस सहभागि शुन्छन् । जापानी समाज यौनमा त्यती धेरै खुल्ला नभएपनि यो पर्वको महत्व भने बढिरहेको छ ।
 

सम्बन्धित समाचारहरु

प्रतिक्रिया दिनुहोस्


Type what you see in picture below

प्रतिक्रियाहरु:

No feed back Yet...
जनमत

Loading...

अडियो

  • सुमधुर धुन