सबभन्दा भन्दा खुसी यौनक्रिडामा
सबभन्दा भन्दा खुसी यौनक्रिडामा
Added: 2012 December 02

पछिल्लो एक अध्ययनका अनुसार मानिसलाई प्रफुल्ल बनाउन सबैभन्दा सहज उपाय यौनक्रिडा रहेको थाहा भएको छ । यस्तै मानिसलाई खुसी राख्ने उपाय मध्ये सेक्स पछि दोश्रो स्थानमा मदिरापान परेको छ ।

न्युजिल्याण्डको क्यान्टरबरी विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार मानिसलाई खुसी राख्ने उपायको रुपमा सेक्स सदावहार हतियार भएको खुल्न आएको हो ।

त्यस्तै स्वयं सेवा तेश्रो स्थानमा, योगा चौथो, बच्चाको हेरचाह पाँचौँ, संगीत श्रवण छैटौँ तथा सामाजिक कार्य सातौँ स्थानमा छ । त्यस्तै रुचीको काम गर्नु आठौँ, सपिङ नबौँ तथा खेल खेल्नु दशौँ स्थानमा परेका छन् ।

अध्ययन अनुसार फेसबुकको प्रयोग, घरायासी काम, अध्ययन, अध्यापन, ज्यालादारी काम तथा कपडा धुने जस्ता काम मान्छेलाई सबैभन्दा मन नपर्ने काम हुन् ।

 

सम्बन्धित समाचारहरु