शुक्रकिट चोरी भएपछि ........
शुक्रकिट चोरी भएपछि ........
Added: 2012 October 05

तपाइले आज सम्म के के चोरी भएको सुन्नु भएको छ ? पैसा, सुन,चांदि, हिरामोती, मोवाईल ल्याप्टप आदी । तर चोरी अब यतीमै मात्रै सिमित कहां रह्यो र ? प्रसंग हो शुक्रकिट चोरीको ।

युएइमा शुक्रकिट चोरी गरेको आरोपमा एक महिलालाई मुद्धा हालिएको छ । एक जना पुरुषले आफ्नो शुक्रकिट चोरी गरेको आरोपमा आफ्नै भुतपुर्व श्रीमती विरुद्ध मुद्धा हालेका छन् ।

भुतपुर्व श्रीमतीले आफ्नो शुक्रक्रिट चोरेर गर्भवती भएको भन्दै ती पुरुषले मुद्धा हालेका हुन् । अबुधावीमा बस्ने ती पुरुषका अनुसार रसियन भुपु श्रीमतीसँग डिभोर्स हुनु भन्दा पहिले उनी र ती महिला एक प्रजनन उपचार केन्द्रमा गएका रहेछन् ।

त्यहाँ उनले आफ्नो शुक्रकिट संरक्षित गर्नका लागि संकलन गरेर राखेका थिए ।  पटक पटक उपचार गर्दापनि बिहे गरेको ४ वर्षसम्म गर्भ नरहेपनि ती रुसी महिलाले अर्को बिहे गरेर रुस फर्किन् । रुसमा गएर उनले एक्लै आफ्नो प्रजनन उपचार गराइन् ।
ती महिला फेरी युएइ फकिएर आफ्नो भुपु लोग्नेको शुक्रकिट संकलन गरी राखिएको प्रजनन केन्द्रमा गएर भुपु लोग्नेको किर्ते हस्ताक्षर गरेर सोही शुक्रकिटबाट त्यहीँ कृत्रिम गर्भाधारण गरिन् ।

डिभोर्स गरेको ४ महिनापछि आफ्नी भुपु श्रीमतीले आफुलाई थाहा नदिइ आफ्नै शुक्रकिट चोरेर गर्भावति भएको थाहा पाएपछि ती पुरुषले शुक्रकिट चोरी गरेको अभियोग लगाउँदै अदालतमा मद्धा हालेका छन् ।
 

सम्बन्धित समाचारहरु