छ दर्जन ठूला हवाई दुर्घटनामा साढे सात सयको मृत्यु
छ दर्जन ठूला हवाई दुर्घटनामा साढे सात सयको मृत्यु
Added: 2012 September 29

नरेश फुयांल । बाक्लै रुपमा हुने हवाई दुर्घटनाले नेपाली आकाश हवाई यात्राका लागी असुरक्षीत बन्दै गइरहेको छ । जसका कारण अहिलेसम्म सयौले ज्यान गुमाइ सकेका छन् । असोज १२ गते भक्तपुरमा सीता एअरको डोर्नियर विमान दुर्घटना हुंदा विमानमा सवार सवै १९ जनाको मृत्यु भएको छ । यो त एउटा पछिल्लो प्रतिनिधी घटना मात्र हो । नेपाली आकाशमा यस्ता थुप्रै एयरलाईन्सका धेरै दुर्घटना भइसकेका छन् ।

सन् १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरपोर्टमा दुर्घटना हुदा २ जनाको मृत्यु भयो जुन नेपालको इतिहासमा पहिलो हवाई दुर्घटना थियो । १९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाण्डौमा दुर्घटना हुदा १४ जनाले ज्यान गुमाउनु पर्‍यो । सोही एयरलाइन्सको विमान १९५८ मा टिकाभैरभमा दुर्घटना हुदा २० जनाको मृत्यु भयो ।

यस्तै एन ए सी को बिमान १९६० मा भैरहवामा दुर्घटना हुदा ४ जनाले ज्यान गुमाउनु पर्‍यो । नेपाल एयरलाइन्सको विमान १९६२ मा ढोरपाटनमा दुर्घटना भयो, जुन घटनामा परी १० जनाको मृत्यु भयो । सोही कम्पनीको विमान सोही स्थानमा त्यही बर्ष दुर्घटना भयो जसमा ६ जनाको दुखद निधन हुन पुग्यो ।

१९६९ मा नेपाल एयरलाइन्सको विमान बतासे डाडामा दुर्घटना हुदा ३५ जनाको ज्यान गयो । यसैगरी १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लिमा दुर्घटना हुदा १ जनाको मृत्यु भयो । सोही बर्ष रोयल फ््लाईट जोमसोममा दुर्घटना भयो जसमा १ यात्रुको मृत्यु भएको थियो । यस्तै १९७२ मा रोयल्फ्लाईट धुलिखेलमा दुर्घटना हुदा ३१ ज्नाले ऐया पनि भन्न पाएनन् ।

यसैगरी १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाण्डौको बोद्धमा दुर्घटाना हुदा ५ जनाको ज्यान गयो भने त्यसको एक बर्षपछि नेपाल एयरलाइन्सको बिमान मेघौलीमा दुर्घटना हुदा ६ जनाको मृत्यु भयो । १९७९ मा भिभिआईपी लाङलाङमा दुर्घना हुदा ६ जनाको मृत्यु भयो ।

बिराटनगरमा सन् १९८१ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुदा १० जनाको मृतयु भयो भने सोही एयरलाइन्सको बिमान १९८४ मा भोजपुरमा दुर्घटना हुदा १५ जनाले ज्यान गुमाउनु पर्‍यो । १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना भयो जसमा २५ जनाको ज्यान गयो । १९९२ मा थाई एयरको विमान घाङफेदीमा दुर्घटाना हुदा त्यसमा सवार ११३ जनाको मृत्यु भयो भने सोही बर्ष पि आइ एको विमान भट्टेडाडामा दुर्घटना हुदा १६७ जनाको ज्यान गया,े जुन अहिले सम्मकै नेपाली आकाशमा भएको बसैभन्दा ठूलो हवाई दुर्घटना हो ।

यसैगरी एभरेष्ट बिमान सिंङ्गापुरमा दुर्घटना हुदा १८ जनाको मृतयु भयो । १९९५ मा नेपाल एयरलाइन्सको बिमान काठमाण्डौमा दुर्घटना भयो जसमा २ जनाको मृत्यु भयो भने त्यसको २ बर्ष पछि कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुदा १ जनाले अकालमै मृत्यु बरण गर्नु पर्‍यो ।

१९९८ मा ए.टि.एस.सि लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुदा १८ जनाले ज्यान गुमाउनु पर्‍यो भने सोही बर्ष एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुदा ३ जनाको मृत्यु भयो । १९९८ मा नै एन.एसी.को विमान सोलुखुम्बुमा दुर्घटना हुदा १ जनाले निधन भयो ।

१९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना हुदा ५ जना र लुफ्थासा एयरको बिमान भसुमासुर डाडामा दुर्घटाना हुदा ५ जनाको नै मृत्यु भयो । १९९९ मानै नोकेन एयरको विमान रामकोटमा दुर्घटना हुदा १५ र सोही बर्ष स्काईलाईनको विमान कमवानपुरमा दुर्घटना हुदा १० जनाको ज्यान गयो ।

यसरी नेपाली आकाशमा हवाई दुर्घटना हुने क्रम जारी नै रह्यो । पटक पटक एकै प्रकृतीका बिमान दुर्घटा भए पनि त्यसलाई कसरी रोक्ने यसबिचमा खासै कुनै काम भएको देखिएन ।

नेपाल एयरलाइन्सको विमान सन् २ हजारमा डडेलधुरामा दुर्घटना भयो जसमा सवार २५ जनाले ऐया पनि भन्न पाएनन् । त्यसको एक सालपछि फिष्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु भयो । २००२ मा स्काईलाईनको विमान फेरी सुर्खेतमा दुर्घटना भयो जसमा सवार ४ यात्रुको मृत्यु भयो भने सोही बर्ष कास्कीमा भएको साग्रीला एयरको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भयो ।

२००३ मा सिम्रिक एयरको बिमान एभेरेष्ट बेशक्याम्पमा भएको दुर्घटनामा परि २ जनाको मृत्यु भयो । २००४ मा लम्जुङ्गमा यति एयरलाइन्सको बिमान दुर्घटना हुदा ३ जनाको ज्यान गयो भने रामेछापमा २००५ मा एयर डाइनेष्टिकको विमान दुर्घना पनि ३ जनाको नै मृत्यु भयो ।
जुम्लामा यती एयरलाइन्सको बिमान २००६ मा दुर्घटना हुदा ९ जनाको मृत्यु भयो भने सोही बर्ष श्री एयरलाइन्सको विमान ताप्लेजुङ्गमा दुर्घटनाग्रस्त हुदा २४ जनाको घटनास्थल मै ज्यान गयो । यसैगरी सन् २००८ मा अनमिनको विमान रामेछापमा दुर्घनामा पर्दा त्यसमा सवार १० जनाको ज्यान गयो भने त्यही बर्ष लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी १९ जनाले ज्यान गुमाउनु पर्‍यो ।

सन् २००९ मा भने नेपाली आकाश हवाई यात्राका लागी सुरक्षीत रह्यो । तर १० मा भने २ ओटा हवाई दुर्घटना भए । जसमा मकवानपुरमा भएको अग्नी एयरको विमान दुर्घटनामा १४ जनाको मृत्यु भयो भने खोटाङ्गबाट उडेको तारा एयरको विमान बिच बाटैमा दुर्घटना हुदा २२ जनाले अकाल मै ज्यान गुमाउनु पर्‍यो ।

२०११ मा बुद्ध एयरको बिमान ललितपुरमा दुर्घटना हुदा १९ जनाको मृत्यु भयो भने अग्नि एयरको नाएन वान बष्न विमान मुस्ताङको जोमसोममा मे १४ २०१२ मा दुर्घटना हुदा १५ जनाको ज्यान जान पुग्यो ।

यसरी आजसम्म नेपाली आकाशमा उड्दा उड्दै ज्यान गुमाउने संख्या ७ सय ५९ पुगेको छ । ती त भए ठूला दुर्घटना साना दुर्घटना ४ दर्जन भन्दा बढी भइसकेका छन् । जसमा सयौ घाइते भएका छन् भने बिमानमा अरबौको क्षती भइसकेको छ ।

यसरी एकपछि अर्को गर्दै नेपालमा दुर्घटना हुदा नेपालको हवाई सुरक्षा धेरै कमजोर रहेको विश्व समुदायमा सन्देश गएको छ । अन्तर्राष्ट्रय नागरिक उडड्यन प्राधिकरण (आइकाओ) ले नेपालको आकाश असुरक्षित भएको भन्दै तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको ध्यानाकषर्ण गराएको थियो । उड्डयन सुरक्षाका लागि अनिवार्य मानिने बिभिन्न ८ वटा पक्षमा सन् २००९ मा आईकाओले गरेको नेपालको उड्डयन सुरक्षाजा जाच प्रतिवेदनमा नेपालले कुनै पनि पक्षमा न्युनतम मापदण्ड पूरा नगरेको देखाएको छ ।

उड्डयन सुरक्षाका विषयमा विश्वका १ सय ४८ मुलुकमा गरिएको अध्ययनमा विश्वको सरदर स्तरभन्दा नेपाल १५ प्रतिशत थप कमजोर अवस्थामा रहेको देखिाएको छ । आईकाओको उड्डयन सुरक्षा प्रतिवेदनले आफ्नो प्रतिबेदनमा नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको उल्लेख गरेको छ ।

दुर्घटनाका थुप्रै कारणहरु हुन्छन ति मध्य हुन्, विषम भू–धरातल, तिब्रगतीको मौसमी फेरबदल, पर्याप्त सूचना संकलन र प्रवाहका लागी विमानस्थमा आधुनिक उपकरणको अभाव, पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनु, कुशल पाइलटको अभाब आदी ।

नेपाली हवाईयात्राको इतिहास हेर्ने हो भने अहिलेसम्म नेपालमा ७१ वटा जहाज ठूला दुर्घटनामा परिसकेका छन् । नेपालले ९० को दशकमा उदार आकाश नीति लिएपछि नेपाली आकाशमा उडान भर्न निजी जहाज कम्पनीले प्रवेश पाए । उडान गर्ने जहाजको संख्या जसरी ह्वात्तै बढ्यो त्यसरी नै दुर्घटनाको क्रम पनि बढेको देखिन्छ ।

सन् १९५० को दशकदेखि जहाज दुर्घटनापछि प्रत्येक पटक छानबिन आयोग बने, आयोगले दुर्घटना नदोहोरिउन् भन्नाका लागि प्राविधिक र मानवीय कमजोरी हटाउन प्रशस्त सुझाव दिए तर, दुर्भाग्य आयोगले सुझाव दिएका केही प्रतिवेदनबाहेक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंग अधिकांश प्रतिवेदन छैनन्, कार्यान्वयनको कुरा त टाढाको पाटो भयो ।

अधिकांस दुर्घटना अध्ययन प्रतिवेदनले जहाजको प्राविधिक अवस्था चुस्त राख्नुका साथै जोखिमबाट जोगाउन सूचना दिने प्रविधि जडान गर्न सुझाव दिएका छन् ।

विश्वभर भइरहेका जहाज दुर्घटनामा ८० प्रतिशत मानवीय कारण रहेको पाइन्छ । तर, नेपालमा भएका हवाई दुर्घटनामा ९५ प्रतिशत मानवीय कारण जिम्मेवार रहेको  अध्ययन प्रतिवेदनबाट देखिन्छ । धेरै सावधानी अपनाउने र अनुभवी कहलिएका चालकहरुले उडाएका विमान दुर्घटनामा पर्दा पनि प्रतिवेदनले मानवीय कमजोरी नै भनी ठहर गरेको पाइन्छ ।

प्राय: सबै दुर्घटनामा पाइलटलाई नै दोष देखाउदा नेपाली पाइलटको उडान दक्षतामा प्रश्न चिन्ह लागेको छ । तर, नेपाली अध्ययन टोलीले तयार गरेका प्रतिवेदन वैज्ञानिक र वास्तविक धरातलमा नभएकाले चालकमाथि दोष थोपरिंदै आएको आरोप सबै सत्य नहुन सक्छ ।

दुर्घटनामा पाइलटको निधन भएपछि यसको सम्पूर्ण दोष उसैको टाउकोमा राखिदिने र अरु सबै पक्ष घटनाबाट निर्दोष देखिने एउटा परम्परा नै बनिसकेको छ । तर, घटनाबाट चोखिने यो पुरानो प्रबृतिबाट बाहिर निष्किएर बास्तबमै दुर्घटनाको कारण के हो ? यर्थाथ पत्ता लगाई जोखिमपूर्ण हवाई यात्रालाई कसरी सुरक्षीत र भरपर्दो बनाउने सोच्नु पर्ने बेला आएको छ ।

भु धरातल उही, लगबग लगबग समान प्रकृतीका बिमान र अधिकांस दुर्घटनाको कारण पनि एउटै देखिन्छ भने त्यसलाई किन नियन्त्रण गर्न सकिएन । यसरी हरेक बर्ष हैन हरेक महिना जस्तै बिमान दुर्घटना हुदा त्यसलाई न्यून गर्ने उपाय किन सोचिएन ?

पक्कै पनि मर्ने रहर कसैलाई हुदैन । जानीजानी पनि कसैले दुर्घटना गराउदैन । तर सबैको जिज्ञासा के हो भने दुर्घटना न्यूनिकरणका लागी यस बिचमा कसले के गर्‍यो ? सरोकारवाला पक्षले न्यूनिकरणको प्रयास गर्दैन भने त्यस्तो निकम्मा निकायको औचित्य माथी प्रश्न उठ्न सक्छ । 

सम्बन्धित समाचारहरु