यूवाका समस्या जहाका त्यही
यूवाका समस्या जहाका त्यही
Added: 2012 August 12

नरेश फुयाल, काठमाण्डौ । यूवा जनसंख्यालाई शृजनशिल र उत्पादन मुलक समुदाय मानिन्छ । यसलाई देशको शैनिक शक्ति भन्दा पनि सशक्त र विश्वासिलो शक्तिको रुपमा लिइन्छ ।

यस्तो जनसंख्याले बिश्वको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेको छ । १० देखी २४ बर्ष उमेर समूहको जनसंख्या १ अर्ब ५० करोड भन्दा पनि बढी छ । यो जनसंख्याको ७० प्रतिसत बिकाससिल देशमा बसोबास गर्छ । यसमा पनि ६० प्रतिसत एसियामा मात्र छ । 

तर दुर्भाग्य, अबसर भने एसियामा नै निकै न्यून छ । आधा भन्दा बढी यो उर्जाशिल जनसंख्या रोजगारीका लागी नै छटपटीरहेको छ । 

नेपाल सरकारले २०६६ सालमा ल्याएको यूवा नीतिले १६ देखी ४० बर्ष उमेर समूहलाई यूवा मानेको छ । सरकारका अनुसार यूवाको जनसंख्या ३८.८ प्रतिसत छ । यसको करिव ८० प्रतिसत यूवा नेपालमै बस्छन् । यसको पनि ८३ प्रतिसत यूवा गाउमै छन् । जसमध्य एकाध बाहेक अधिकांस यूवा बरोजगार छन् ।
८३ प्रतिसतको ०.४ प्रतिसत युवामा अद्भुत क्षमता छ । तर आफ्नो क्षमता देखाउने ठांऊ नपाउदा उनीहरुको अद्भुत क्षमता त्यसै मरेर गइरहेको छ । नेपाल लेबर फोर्स सर्बे सन् २००८ का अनुसार २० देखी २४ बर्ष उमेर समूहका ४७ प्रतिसत यूवालाई प्रयोगमा ल्याउन सकिएको छैन ।

प्रत्यक दिन १५ सय यूवा लाखौ रुपैया खर्च गरेर मात्र १२/१५ हजार मासिक पारिश्रमिकका लागी बैदेशिक रोजगारीका लागी बिदेश जान्छन् । सरकारी तथ्याङ्गकका अनुसार दैनिक ३ यूवाको शव नेपाल ल्याइन्छ ।

यूवा जनसंख्यालाई बिकसित राष्ट्रले देशको समपत्ती मान्छ । तर, नेपालमा भने त्यो समस्या बन्न पुगेको छ । रोजगारीको अभाबमा यूवाहरु बिभिन्न जातीय सशस्त्र सघर्षमा लागेको पाइन्छ  । सन् १९७० देखी १९८९ मा भएका बिश्वमा भएका गृहयुद्धमा ६० प्रतिसत भन्दा बढी यूवा संलग्न रहेकाले पनि यसलाई पुष्टि गर्छ । 
             

सरकारले यूवा नीति ल्याए पनि त्यसको बिरलै मात्र कार्यान्वयन भएको पाइन्छ । कार्यानवयनका लागी सरकार र यूवाहरुबिच समन्वय समेत खासै भएको पाईदैन । 
यूवाहरुपनि आफ्ना अधिकार प्राप्ती र कार्यानवयनका लागी सरकार र राजनीतिक दलसंग संग लड्नु पर्नेमा उल्टै दलहरुको छत्रछांयामै रमाउने गरेको तितो यर्थाथ छ ।

रोजगारीको अभाबमा यत्तीकै समय कटाउन बाद्य उनीहरुलाई आफ्नो स्वार्थ सिद्धीका लागी राजनीतक दलहरुले गोटीको रुपमा प्रयोग गरीरहेका छन् । जसले गर्दा पनि यूवा नीति कार्यान्वयन हुन सकेको छैन भने उनीहरुले थप अधीकार पनि प्राप्त गर्न सकेका छैनन् ।

त्यसो त यूवाहरुका अधिकार उठाउनका लागी अहिलेसम्म बिभिन्न सस्था गठन नभएका पनि होइनन् । उनीहरु संगठीत पनि नभएका होइनन् । तर जती संगसंगठन गठन भए तीनले प्रभाबकारी काम भने गर्न नसकेको स्वय यूवाहरुकै गुनासो छ ।

यूवाहरुको स्वाबलम्बन र चेतनाका लागी भन्दा पनि त्यस्ता संगसंगठनहरु एनजिओ मुखी र शहर केन्द्रित भएको उनीहरुको आरोप छ । ‘समृद्ध विश्व निर्माणका लागि युवासंग साझेदारी’ भन्ने नाराका साथ आज नेपालमा पनि १३ र्औ अन्तराष्ट्रिय यूवा दिवस मनाइदै छ ।

यो सामग्री बजीरहदा अहिले आयोन नामक यूवा संगठनले काठमाण्डौको नाच घरमा पूर्ब प्रधानमन्त्रीहरु तथा यूवा पुस्ताका नेताहरुसंग अन्तरकृया गरिरहेको छ ।
सबृद नेपाल निर्माणमा युवासंग साझेदारी बिषयक बिचार गोष्टी भइरहेको छ । जसमा पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवा पुष्पकमल दाहाल प्रचण्ड र माधबकुमार नेपाल तथा यूवा नेताहरुलाई बोलाइएको छ ।

तर, यो कार्यक्रम पहिलो होइन र नया पनि । यस्ता थुप्रै कार्यक्रम भए । अन्तरक्रियाहरुमा सरोकारवालाले यूवाको उत्थानका लागी पहल गर्ने थुप्रै आश्वासन पनि दिए । नया र निकै आशालाग्दा नीति, नियम र कानुन तर्जुमा नभएका पनि होइनन् । 

तर त्यसको कार्यान्वयको पाटो निकै कमजोर रहेको पाईन्छ । त्यसैले सरकार, राजनीतिक दल, यूवा तथा खेलकुद मन्त्रालय र स्वयम यूवाहरु बसेर अहिले सम्मको समिक्षा गरेर अघी नबढेसम्म समस्याको निकास आउने देखिदैन ।



 

सम्बन्धित समाचारहरु