देश सकटमा, नेता कुर्षीकै खोजीमा
देश सकटमा, नेता कुर्षीकै खोजीमा
Added: 2012 August 06

नरेश फुयांल, देश संबैधानीक संकट र राजनैनीक गतिरोधमा फसेको दुई महिना बितिसक्दा पनि दलहरु यसबाट मुलुकलाई निकास दिनेबारे अझै गम्भिर भएका छैनन् ।

संविधान सभाको बिगटनसंगै दलहरुबिच पैदा भएको दलिय दुरी नसागुरिदा संकट अन्त्य हुने सम्भावनाको झल्को सम्म मिलेको छैन । संकट अन्त्यका लागी छलफल नै पर्याप्त भएका छैनन् भने भएका एकाध छलफल पनि उपलब्धि मुलक हुन सकिरहेका छैनन् । संविधान सभाको बिगटनको मुख्य दोष एकले अर्कोलाई लगाउन मै व्यस्थ छन् दल र तीनका नेताहरु ।

राष्ट्रपती डा रामबरण यादबले दलहरुलाई पटक पटक बोलाएर सहमतीका लागी आग्रह गरे पनि दलहरुले त्यसलाई वेवास्था गर्दै सहमतीको पहलका लागी छलफल नै गर्न छाडेका छन् । बिपक्षी दलहरुले राष्ट्रपतीलाई बिद्यमान राजनीतिक र संबैधानीक संकट अन्तयका लागी उचित कदम चाल्न दवाव दिदै आएका छन्् भने सरकारले घुमाउरो भाषामा राष्ट्रपीले सरकारको परामर्शविना आफु विरुद्ध कदम चाले त्यो शितल निवासका लागी घातक हुने संकेत गरिसकेको छ ।

नवगठित नेकपा ड्यास माओवादीले अहिले नेपालको राष्ट्रियता इतिहासकै सबैभन्दा बढी संकटमा परको बताउदै आएको छ । यस्तो अवस्थाबाट देशलाई बचाउन लाग्नु पर्ने बेलामा दलहरु भने सत्ता चढ्ने सपनामै अल्मलिरहेका छन् ।

बिद्यमान राजनीतिक संकट अन्त्यका लागी पुरानै अडान दलहरु दोहोर्‍याउन छाडेका छैनन् । आज मात्रै राष्ट्रपतिसंगको परामर्शमा पनि उनीहरुले सत्तालाई बिद्यमान संकट अन्त्यको मुख्य सर्त बनाए ।सत्तारुढ दलहरुले प्याकेजमै सहमति जुटाउनु पर्ने बताएका छन् भने विपक्षी दलहरुले सहमतिका लागि पहिले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने पुरानै अडान दोहोर्‍याएका छन् ।

जसले जे अडान राखे पनि, बाहिर जति सुकै चिल्लो भाषण गरे पनि दलहरु सरकार प्राप्तीको बार्गेनिङ्गमा छन् । कांग्रेस आफु सरकारमा जाने निश्चित प्राय भएको अवस्थामा ढिलो किन गर्ने भन्ने मनस्थितीमा छ । एमाले कांग्रेस भित्र रामचन्द्र पौडेल या शेरबहादुर देउवा धम्य को प्रधानमन्त्री बन्ने ? भन्ने बिबाद भित्र खेलेर फेरी एक पटक प्रधानमन्त्री हत्याउने दाउमा छ ।

यता सरकारमा रहेको एकिकृत नेकपा माओवादी र मधेशी मोर्चा भने नया निर्बाचनको मिति र प्रधानमन्त्री को बन्ने भन्ने बिषयको बिबादलाई थप तन्क्याएर सरकारमा बसीरहन चाहन्छ । दलहरुले अब फेरी राष्ट्रपतीले आफुहरुलाई सहमतीका लागी झक्झक्याउनु नपर्ने प्रतिबद्धता त पनि जनाए तर महमा माखा भन्किए झै सरकार ओरीपरी झुम्मिने आफ्नो चरित्रलाई उनीहरुले यती सहजै त्याग्न सक्छन भन्नेमा धेरैलाई संका लागेको छ ।

बिद्यमान अवस्थाबाट देशलाई निकाश दिन नसक्ने निष्कर्षमा पुगेर बर्तमान सरकारलाई बिगटन गर्न राष्ट्रपीलाई उक्साइरहेका बिपक्षी दलहरुले कसरी निकास दिन सक्लान । सहमतीका लागी अहोरात्र जुट्नु पर्ने बेला राष्ट्रपतीलाई संविधानको अक्षर अध्ययन नगर्न चेतावनी दिदै मर्म बुझेर कदम चाल्न आग्रह गर्नेहरुले देशलाई कसरी निकास दिन सक्लान ।

काम चलाउ सरकारले राजीनामा माग्नु र राजीनामा दिएको इतिहास नरहेको नजीर वकालत गर्ने सरकारले राजीनामा दिएर बिपक्षीलाई सरकार सुम्पिएला भन्ने अपेक्षा कसरी गर्नु ।देश संकटको संगिन मोडमा उभिएको छ, जनता दाल भातको जोह गर्ने वाताबरण बनाईदिन अनुरोध गरीरहेका छन् । राजनीतिक अ–स्थिरताको फाईदा लुट्ने तत्वले फणा फिजाएर सिकार कुरीरहेको यो अवस्थामा पनि दलहरुको चेत नखुले कहिले खुल्छ ?

यो अवस्थामा समेत संविधानसभाको पुनरस्थापना कि, नया निर्बाचन ? प्रधानमन्त्री को बन्ने ? सरकारले कहिले राजीनामा दिने ? भन्ने बिषयमा अल्झिदा आईपर्ने परिणमको जिम्मेवार को हुन्छ ?

 

सम्बन्धित समाचारहरु