अपूर्ण बजेट, अलपत्र विकास निर्माण
अपूर्ण बजेट, अलपत्र विकास निर्माण
Added: 2012 July 17

नरेश फुयांल,श्रावण २ काठमाण्डौ । बजेट भनेको देशको दैनिक प्रशासन संचालनको दस्ताबेज मात्रै होइन दलका  नेताहरुको भनाईलाई सापटी लिने हो भने देश बिकासको स्पष्ट खाका पनि हो । तर त्यस्तो बजेटलाई दलहरुले पछिल्लो आधा दशकयता सत्ताको भर्‍याङ्ग बनाउदै आउदा नत नियमीत रुपमा पूर्ण बजेट आउन सकेको छ नत समयमै । त्यसैले बिकास निर्माण लगबग ठप्प प्राय: भएको छ ।   

दलहरुले सरकारसम्म पुग्ने बाटो बजेटलाई बनाउन थालेपछि बिकासका नया कार्यक्रम तथा नीति आउन नसक्दा नेपाल बर्षेनी बिकास निर्माणका क्षेत्रमा पछि पर्दै गएको छ । त्यसमा पनि चालु आर्थीक बर्ष सकिन नपाउदै सरकार परिवर्तन हुदा संविधान सभाको निर्बाचन पछि प्राय हरेक बर्ष एउटा सरकारले बनाएको बजेट अर्को सरकारले कार्यान्वयन गर्ने अवस्था आउदा निर्माणाधिन परियोजना पनि अलपत्र पर्दे आएका छन् ।

यसरी देश बर्षेनी बिकासको दिशामा उल्टो गल्तीमा चल्दा पनि दलका नेताहरुको भने त्यस तर्फ कुनै चिन्ता देखिदैन । आफ्ना नीति तथा कार्यक्रम नै देश बिकासको अचुक उपाय बताउने दल र तीनका नेताहरु अहिलेसम्म देशको बिकासमा चिन्तनशिल रहेको देखिएका छैन । यसपटक पनि बजेटलाई राजनीतिको केन्द्रबिन्दुमा दलहरुले राखेपछि सरकारले पूर्ण बजेट ल्याउन सकेन र सहमतीका लागी भन्दै अन्तत: सरकारले एक तृतियांश बजेट नै सार्वजनीक गर्‍यो । 

बजेट भाषण अघीसम्म बिद्यमान राजनीतिक निकासका लागी सहमतीमा चालु आर्थीक बर्षको एक तृतियाम्स बजेट ल्याउनुको बिकल्प नरहेको बताउने बिभिन्न दल निकट अर्थबिदहरु अहिले पूर्ण बजेट नआउदा देश थप एक बर्ष पछि धकेलिएको बताउन थालेका छन् । उनीहरुको भनाई छ–अब तत्काल सहमती गरेर पूर्ण बजेट ल्याउनु पर्छ ।

हिजो बजेट भाषणका क्रममा सरकारले पूर्ण बजेट ल्याउन पाएको भए जनताका लागी राहत कार्यक्रम, बेरोजगारी भत्ता लगायतका कार्यक्रम ल्याउने बताउदै अर्थमन्त्रीले बिपक्षीप्रती असन्तुष्टि जनाउनु भयो । जे होस सहमतीमा बजेट आइसकेको छ । सहमतीका लागी छलफलको ढोका खुलिसकेको छ । त्यसैले अब देशलाई बिकासको बाटोमा डोर्‍याउन तत्काल सहमती गरेर पूर्ण बजेट ल्याउन दलहरुले आजैबाट पहल थाल्नु पर्छ ।
 

सम्बन्धित समाचारहरु