चिया र किसुनजी
चिया र किसुनजी
Added: 2012 June 30

नरेश फुयांल,आसार–१६,काठमामण्डौ । किसुनजी अर्थात स्वर्गीय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईमा जती पान र पत्रीकामा तल थियो त्यती नै लत थियो चिया पनि । उनी बानेश्वरको चिया पिउन प्रत्यक दिन बिहान पुग्थे । नयाँबानेश्वर पीपलबोटनजिकै रहेको लक्ष्मी थापामगरको चिया पसलमा प्रत्यक दिनु पुग्नु उनको दैनिकि थियो । लक्ष्मीको पसलमा किसुनजीले ४ दशक चिया पिए ।

दुई तीन जना अघि पछि लगाएर चिया पिउन पुग्थे किसुनजी बानेश्वर । किसुनजी जान थालेपछि कांग्रेस नेता शेरबहादुर देउबा, रामचन्द्र पौडेल, कम्युसनिष्ट नेता मनोमोहन अधिकारी पनि उनीसंग भेटघाट गर्न जान्थे ।  चिया पिउदा उनीहरुबिच राजनीतिक कुराहरुमात्र होईन कहिले कार्ही पारीवारिक कुराकानी पनि हुने गर्‍थ्यो ।

भूमीगत हुुनु भन्दा अघि मात्र होईन भूमिगत हुदा पनि र त्यसपछि पनि किसुनजी चिया पिउन बानेश्वर पुगे । खान र लाउनका सोखिन किसुनजी स्वाद नलीई चिया पउिदैन थिए । त्यतीबेलाको नाम चलेको मकैबारी चियापत्ती हालेर किसुनजीलाई चिया बनाई दिनु पर्ने । उनलाई कडा चियापत्ती भएको चिया नभई चित्तै नबुझ्ने । उनी सुरुमै भन्थे “लौ लक्ष्मी मीठो चिया खुवाऊ।“ 

१० पैसा कपदेखि १० रुपियाँ कप चियाको दाम पुगुन्जेल चिया पिए किसुनजीले लक्षीको चिया पसलमा । साधारण जीवन ब्यीत गरेका किसुनजीले प्रधानमन्त्री हुदा समेत बिर्सन सकेनन् लक्ष्मीको चिया पसल । देशको सरकार प्रमुख प्रधानमन्त्रीे हुदा समेत किसुनजी गाडीमा राष्ट्रिय झन्डा फरपराउदै चिया खानकै लागी बानेश्वर पुगे ।कडा सुरक्षाबिच देशको प्रधानमन्त्री हति सामान्य पसलमा चियाा पिउन पुगेको थाहा पाएर त्यहा भिडै लागेको थियो ।

चिया पसलमा अपुग्दा किसुनजी लक्ष्मीलाई सञ्चो–बिसञ्चो मात्र सोद्धैन थिए । पसल चले–नचलेको समेत सोद्धन भ्याउथे । प्रधानमन्त्री भएको बेला चिया पिउन पुगेका बेला पनि किसुनजीले लक्ष्मीलाई सञ्चो बिबसञ्चो के छ ? भनेर सोधेको थिए । किसुनजीआफ्ना हात गोडा लागुञ्जेल चिया पिउन बानेश्वर पुगे । उनले सधै सामान्य जीवन बिताए । उनलाई कहिल्यै अहम् भएन, म देशको प्रधानमन्त्री हुं भन्ने । सबैकामा पुगे । राम्रो बोले र बोलाए चिने जानेकालाई । प्रधानमन्त्री भएपछि पनि । 

 

सम्बन्धित समाचारहरु