६०१ द्वारा प्रताडीत ३ करोड नेपाली जनता
६०१ द्वारा प्रताडीत ३ करोड नेपाली जनता
Added: 2012 May 31

- रोशन श्रेष्ठ

४ चार वर्षभन्दा बढी समय नेपाली निरीह जनता र र्स्वर्ग भन्दा पनि प्यारो सुन्दर, शान्त र विशाल नेपालको महत्त्वपर्ूण्ा समय र ९ अरब भन्दा बढी राष्ट्रको ढुकुटीलाई खरानी बनाउन सफल रहेका हाम्रा जिम्मेवार ६०१ सभासदज्यूहरु प्रति कसरी आभार प्रकट गरौ - कुनै उपयुक्त शब्द नै फेला पार्न सकिएन । संसार भरी मै कहिले पनि कुनै पनि शक्तिसाली देशको उपनिवेस नरहेको गौरवशाली इतिहास बोकेको, पृथ्वी नारायण शाहको दुःखले आर्ज्याको यो अखण्ड नेपाललाई समृद्धीको दिशामा अघाडी बढाउन आवश्यक भनिएको संघिय गणतन्त्र नेपालको संविधान कोर्न ३ करोड भन्दा बढी नेपाली जनताहरु, राष्ट्रिय पार्टर्ीी, आदिवासी जनजाती, पिछडा वर्ग, क्षेत्र, लिङ्गहरुको समानुपातिक प्रतिनिधित्व सहित पठाइएका ६०१ आदरणीय सभासदज्यूहरुलाई हामी सबैले धेरै आशा र विश्वास सुम्पेका थियौं । तर आज प्राप्त गरिएको सुन्य ०-०-०-० परीणामलाई हामी सबै जना राष्ट्रलाई आफ्नो प्राण भन्दा प्यारो मान्ने र हृदय देखिकै माया गर्ने निरीह जनताहरुले उक्त सुन्य उपहारलाई कसरी ग्रहण गर्ने हो - आफ्नो दिल र दिमागमा यसलाई सहजतापर्ूवक कसरी लिन सकिन्छ भनि धेरै प्रयास गर्दा पनि चित्तलाई शान्ति दिलाउन सकिदै सकिएन । वहा“हरुले आफ्नो त केहि भूमिका नै नरहेको जस्तो गरी आफ्ना शिर्षथ नेताहरुलाई मात्र दोष दिन खोज्नु भएको जस्ता लाग्छ । आप\mनो योग्यता र क्षमता पर््रदर्शन गर्न यत्रो ठूलो जिम्मेवारी बोकेर हिड्नु भएको माननिय शब्दको विशेषण सहित राज्यले दिएको सभाषद पदको मेडल कोटको बकलमा टा“सेर विभिन्न सभा समारोहमा सम्मान सहित अग्रपंक्तीमा बिराजमान भई ४-४ वर्षम्म विभिन्न सेवा सुविधा उपभोग गरी रहनुभएका ६०१ महानुभावहरुलाई अब हामीले हाम्रो सोसाइटीमा कसरी आदर प्रकट गर्ने होला - २०६९ जेष्ठ १४ को मध्य काल रात्री पश्चात् निवर्तमान हुनुभएका आदरणीय व्यक्तित्वहरुलाई झन १ महिना बढीको तलब बोनस स्वरुप प्रदान गरी गाडी तथा हवाइजहाजको टिकट समेत उपलब्ध गर्राई राज्यले बिदाई गर्ने तैयारीका खबरहरु भंगेरे अक्षरमा लेखिएका समाचारहरु नेपाली छापाहरुमा प्रकाशित भएका शब्दलाई कसरी उच्चारण गर्ने - अझ वहा“हरु त उक्त बोनस पाउन हिजैदेखि लाइन लागेर पुगिसक्नुभएको रहेछ तर केहि प्रक्रिया पुर्‍याउन बा“की भएकाले आज बिहिबारदेखि मात्र चेक हस्तान्तरण गरिने कुरा सम्बन्धित लेखा शाखाले जानकारी गराइ फकाई दिनुभएछ । कोही रातो पासर्पोट बेचेका अभियोग लागेका कोही अपहरण र फिरौती काण्डमा थुनामा रहेका सभासदहरुको योग्यता सुन्दा लाग्छ कहिं नभएको जात्रा संविधान सभामा भन्न मन लाग्न थाल्यो । हुन त केही सभासदज्यूहरुले आफ्नो आत्मालोचना सहित लेख प्रकाशित गरी पश्चताप् गर्नुभएको विषयपनि सुनिन थालेको छ ।
जे होस् वहा“हरु सबै ६०१ नै अयोग्य भन्न खोजिएको होइन, काम गर्ने मानिसहरु गरिरहेकै छन् । अहोरात्र बैठक बसी सबैले चाहना गरेको र समय परिस्थितिले मागेको "राष्ट्रिय सहमति" खोज्ने प्रयासमा सबैजना जिम्मेवार नेताहरु ठूला ठूला तारे होटल र रिसोर्टमा राष्ट्रिय सहमति खोज्न भरमग्दुर प्रयास गर्नुभएकै हो । तर कोहीपनि राष्ट्र र जनताको लागि त्याग गर्ने इमान्दार महानुभावहरु भेटिएन र आजको यो दर्ुदशा देशमा आइलाग्यो । अहिले हाम्रो देशमा नैतिकता भन्ने शब्द हराएको जस्तो छ । कसैले पनि नैतिकताको खडेरीलाई पहिल्याउने कोशिस गर्नुभएन, मात्र एकजना बहादुर सभासद भेटीए जस्ले आप\mनो जिम्मेवारी र आत्माग्लानी महशुस गरी संविधानसभाको गरिमामय सभासदबाट राजिनामासम्म गर्नुभयो । वहा“लाई धेरै धन्यवाद दिएका छन् नेपाली जनताले । कमसेकम ६०१ मा १ जना त निस्कनु भयो बहादुर । अब त ६०१ भन्ने शब्दै उच्चारण गर्न बहुत कठिन भइरहेको छ ।
Largest democracy in the world  भनि कहलिएको छिमेकी मित्रराष्ट्र गणतन्त्र भारत जस्को जनसंख्या १ अरब भन्दा पनि धेरै भएको राष्ट्रको प्रतिनिधि सभामा जम्मा ५४५ जनाले प्रतिनिधित्व गरिरहेका छन् भने हाम्रो ३ करोड जनताका प्रतिनिधि ६०१ कसरी र कुन हिसाबले बनाइएको होला - जे होस् अबको नेपालको भविष्य निर्धारण गर्न हामी सबै निरीह तर सचेत नेपाली नागरीकहरु मैदानमा नआएसम्म केही होलाजस्तो पनि लाग्दैन । देशको सबैभन्दा ठूलो समस्या भनेको गरीवी र वेरोजगारी नै हो । यही गरीवी र वेरोजगारी समस्या न्यूनिकरण गर्न हामी सबै आफ्नो योग्यता र क्षमताले भ्याससम्म इमान्दारपर्ूवक केही गरौं । म त सार्‍है नतमस्तक छु यहा“का उद्योगपति, व्यापारी, श्रमजिवी वर्गसित जस्ले आफ्नो संस्थामा सकेसम्म केहि रोजगारी दिलाएका छन् । राष्ट्रलाई करपनि तिर्छन र समस्या परेका बेला नेपाली जनतालाई शान्ती र सद्भावका सन्देशात्मक सभा सम्मेलन पनि गरिरहेका हुन्छन् । कम्तीमा हामी एक जनाले गरेको उद्धमले ५ जनालाई रोजगारी दिन सक्यौं भने हाम्रो देशको गरीवी र वेरोजगारी उन्मुलन भई राष्ट्रले समृद्धीको दिशामा धेरै राहत पाउने थियो ।
    यी सबै मनोगत सोच विचारहरु मात्र होइन एउटा जटिल प्रश्नको उत्तर खोज्न आज आम नेपाली जनताहरु आ-आफ्नो बौद्धिक क्षमता अनुसार कोसिस गरीरहेका छन् । आखिर ४-४ वर्षसम्मको अनमोल समय नेपाल राष्ट्रको, नेपाली जनताको जो आफ्नो र्स्वर्गभन्दा प्यारो देशको गौरव र समृद्धीको लागि संविधान घोषणा पश्चात् राष्ट्रले एउटा निकास पाउछ र सबै नेपाली जनताको आर्थिक उन्नतीको बाटो खुल्छ भनि हृदयदेखि नै विश्वस्त हर्ुर्दै उक्त लोकतान्त्रीक संविधानको स्वागत गर्न प्रतिक्षारत थिए । सबै निराशामा परिणत भयो । नेताहरुको असक्षमतालाई गाली गरेर मात्र हुदैन उनीहरुले गरेको विश्वासघातको सजाय के हुनसक्छ - राष्ट्रको ढुकुटीको ९ अरब रुपैया खरानी भएको देख्दा कहि कतैबाट चित्त बुझदो जवाफ पाउने ठाउ नै देखिदैन । अब देशलाई कुन दिसा र लक्ष्यमा जाने गोरेटो कोर्ने हो - नेपाली जनताले आफ्नो छातीमा हात राखेर चिन्तन मनन गर्नु अति आवश्यक भैसकेको छ । हामी सबै सचेत नेपाली नागरीकले हाम्रा भविष्यका सन्ततीका लागि गर्नुपर्ने भूमिका के हुन सक्छ - के हाम्रो देश नेपाललाई अफगानिस्तान, इथोपिया, सुडान जस्तो गृह युद्धमा धकेलेर छाडि दिने - हाम्रो देशको युवा पिडीलाई सडकमा टायर बाल्ने, ढुंगा मुढा गर्ने, असक्षम, क्रुर स्वार्थी र पापी नेताहरुकै वरीपरी घुम्न बाध्य पार्ने - राष्ट्रको समृद्धीको लागि आफ्नो क्षमता विकास गर्ने अवसरको खोजी नगर्ने - यी गहन प्रश्नका जवाफ खोज्न म सारा सचेत नेपाली दाजुभाई दिदिबहिनीहरुलाई हृदय देखिनै सादर अनुरोध गर्न चाहन्छु ।
    ठूला ठूला कुरा गरेर, नेपाललाई सिंगापुर बनाइदिने २०१५ सालदेखि नै लक्ष्य गरेको एशीयाली मापदण्डमा १५ वर्षभित्रै पुर्‍याउने योजनाहरु आज २०६९ साल अर्थात् लगभग ५४ वर्षपार भइसक्दा पनि कहा पुगे - एक एक मिनेटको समय बहुत महत्त्वपर्ूण्ा हुने युगको यत्रो लामो आधा सताब्दी पार हु“दा समेत राष्ट्रको स्थिति दिनका दिन अधोगती तिर गइरहेको कुराले हामी सबैलाई घच्घच्याएकै हुनुपर्ने हो । यत्रो लामो अवधिसम्म हामी कहा“ हरायौं - ८३००० मेघावाट क्षमताको जलविद्युत निकाल्न सक्ने क्षमता भएको देशले हालसम्म २ हजार मेघावाटपनि निकाल्न सकेका छैनौ । हिराको खानी माथि बसेर माग्ने कटौरा लिएर हिडिरहेको हाम्रो देशको महान जनताहरुको जिवनस्तर कसरी उकास्न सक्छौं - योजनाकार विज्ञहरुलाई स्थान किन दिन सकेका छैनौं - यी यावत प्रश्नहरुलाई यसै यथावत् छाडी दिने की - यसको समाधानको लागि हामी पनि केही गर्ने -
    राष्ट्र सबैभन्दा महान हो । राष्ट्र रहे मात्र हामी नेपाली रहन्छौं । "चार जात छत्तिस वर्ण्र्ााे फूलबारी", विविधतामा एकता नै हाम्रो सामुहिक पहिचान हो । हिमाल, पहाड तर्राईको संगम नै हाम्रो देश नेपाल हो । समुद्र सतहदेखि ६९ मिटर उचाई रहेको भू-भागदेखि संसारकै सर्वोच्च शिखर सगरमाथा ८८४८ मिटर अग्लो चुचुरा रहेको देश नेपाल हो । हरेक ३० मिनेट ड्राइभ पश्चात् हावापानी फरक रहेका भू-भाग पुगिने १४१००० वर्ग किलोमिटर मेचीदेखि महाकालीसम्म फैलिएको संसार भरीकै सुन्दर देश नेपाल जहा“ आपसी मित्रता र सद्भावका साथ जिवन गुजारी रहेका हामी महान् नेपाली जनताहरु माझ फुट ल्याएर राज गर्ने निहित निकृष्ट स्वार्थ बोकेका २ प्रतिशत भन्दा पनि कम रहेका स्वार्थी राजनैतिक नेताहरुको कृयाकलापलाई हामी सबैले ध्यान दिएर बुझने प्रयास गरौं । हामी सोझा र निरीह गरीव जनताको दुहाई दिदै सत्ताको कर्ुर्सर्ीी बसेर विलासी जिवन बिताई रहेका स्वार्थी र पापी सोच मात्र भएका, कुरा एउटा गर्ने काम अर्कै गर्ने राक्षसी दिमाग भएका नेता भनाउदाहरुको गुलियो कुरामा मक्ख नपरी वास्तविकतालाई, सत्य, तथ्यलाई बुझन ढिला गर्‍यौं भने हामी सहित देश अझ तल दलदलमा पुग्ने कुरा निश्चित छ । राजनैतिक नेतृत्व सही नभएको कारणले आज व्यापक अराजकता र अनुसासनहिनता बढेको छ । अनुशासन बिनाको मानिस पर्ूण्ा मानव हुन सक्दैन । अनुशासीत नागरीक बेगर देशले कदापी उन्नती गर्नसक्दैन । ीबध ७ इचमभच मात्र राज्यले कायम राख्न सक्ने हो भने अबको ५ वर्षभित्रै नेपाली जनताले समृद्धीको दिशामा धेरै परिवर्तनको महशुस गर्न सकिन्छ । मात्र एक जना पुलिस अफिसरले व्यक्तिगत स्वार्थलाई त्यागेर कानूनको पालना ग राउन प्रयास गर्दा मात्र राजधानी काठमाडौं, पोखरा र विरगञ्ज जस्ता औद्योगिक महानगरका बासिन्दाले कति चैनको निद सुतेका थिए हामी कल्पना गरौ न ।
    त्यसैले नेपाललाई पनि कानूनी राज्य जस्तो बनाउन सहि मान्छेलाई प्रोत्साहन र गलत प्रवृत्तिलाई सजाय दिने सामान्य कुरा लागु गर्नसक्ने सरकारको स्थापना हुन अति जरुरी छ । राष्ट्रलाई सर्वोपरी राखी राम्रो र सक्षम व्यवसायीक व्यक्तिहरुलाई सही स्थान दिएर रोजगारी श्रृजना गर्दै अघि बढ्न सक्यौं भने हाम्रो देशको मुहार फर्ेन धेरै समय कर्ुर्नै पर्दैन । हामीले को सही र को गलत भन्ने कुरा छुट्टाउन सिकौं ।
    ४-४ वर्षम्मको अमूल्य समय र ९ अर्ब रुपैयाको खरानीको धुलोलाई सम्झौ त ∕ ती ६०१ असक्षम सभासद्हरु जो निषेधित क्षेत्र घोषणा गरिएको संविधानसभा हल बाहिर नारावाजी गर्दै संविधान जारी गर्न, नेताहरुलाई गाली गर्दै गरेका दृष्यहरु ∕ के तिनिहरुलाई आफ्नो जिम्मेवारी के हो - जनताले किन त्यहा“ पठाए, उनीहरुले खेल्नुपर्ने भूमिका के हो भन्ने सामान्य ज्ञान पनि थिएन - ४-४ वर्षो समयमा के-के काम सके - अन्तमा आएर तिनै अभागी सभासद्हरु नेताको टाउकोमा दोष थुपारेर आफू राम्रो भएको पुष्टी गर्न खोज्ने हास्यास्पद अभिव्यक्ति दिएर उम्कन मिल्छ - अनि फेरी पनि तिनै व्यक्तिहरु नया“ संविधान सभाको चुनावमा जनतासंग भोट माग्न आउदा हामी सबैले फुलको मालाले स्वागत गर्ने - ........... हामी सबै होसियार भएर राष्ट्रको लागि त्याग गरेका, व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेका, जातीय भेद्भाव नराख्ने अनुशासित र जिम्मेवार व्यक्तिहरुलाई चिन्ने कोशिस गरौ । ६०१ लाई सामाजिक बहिस्कार गरौ जसले हाम्रो अमूल्य ४-४ वर्षो समय र देखिएको ९ अरब रुपैया खरानी बनाएर नेपाल राष्ट्र र हामी गरीव जनतामाथि विदेशी ऋणको भारी बोकाउदै विश्वासघात गरे । निसन्देह भन्न सकिन्छ कि उल्फाको धन फुपुको श्राद्ध भनेको यही रहेछ । सबैलाई चेतना भया .........
 

सम्बन्धित समाचारहरु