संविधानसभा - उल्फाको धन फुपुको श्राद्ध
संविधानसभा - उल्फाको धन फुपुको श्राद्ध
Added: 2012 May 30

रोशन श्रेष्ठ

२०६९ साल जेष्ठ १४ गते आइतबार, विविधतामा एकताले सजिएको गौरवशाली इतिहास बोकेको देश नेपालको लागि एउटा स्वर्णर्ीम र ऐतिहासिक दिन सावित हुने अवसरबाट वंचित भएको अन्योल पर्ूण्ा दिन हुन पुग्यो । बिहानैदेखि साधारण र सामान्य व्यवसाय गरी जीवन निर्वाह गरिरहेका निरीह नेपाली जनता एवं ३ करोड जनताको भविष्य माथि वर्षौदेखि खेलवाड गर्दै आइरहेका निहित व्यक्तिगत स्वार्थबाट कहिल्यै माथि उठन नसकेका क्रुर नेताहरु समेत उक्त दिनलाई कसरी व्यतीत गर्ने भनि कोठे गफ र शिर्षथ नेताहरुको बैठक भनि यताउता दौडी रहेका समाचारहरु नेपाली समाचार माध्यमहरुमा दिनैभरी प्रसारीत भइ रहे । छिन छिनमा नया“ update हरु आफ्नो आफ्नोfacebook status मा लेख्ने, हर्ेर्ने, comment गर्ने तथा मनमिल्ने मित्रहरुमा interaction गर्ने कार्यहरु भइरहे । प्रत्येक पलमा मानिसहरुमा कस्तो संविधान आउने भो भनी कौतुहलता छाइरह्यो । लोकतान्त्रीक संघिय गणतन्त्र नेपालको ११ प्रदेश सहितका बहुपहिचानमा आधारित संविधान हुने कुरा निश्चित भयो रे ........ एकैछिनमा एकल जातीयताको आधारका १४ प्रदेश सहितको गणतन्त्र नेपालको संविधानमा सबै पार्टर्ीीले सहमती जनाए रे, जेष्ठ २ गते भएको सहमती अनुसार नेपाली कांग्रेसको नेतृत्वमा नया“ सरकार बनी त्यही सरकारले नया“ संविधान जारी गर्ने भयो रे, राष्ट्रपति निवासमा Grand ceremony को तैयारी हु“दै छ रे जस्ता कुराहरुमा दिनभरी संचार माध्यमहरु लगायत अधिराज्यभरका निरीह नेपाली जनताहरु समेत छलफल र कुराकानी गर्दै रहे । टेलिभिजन च्यानलहरुमा विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र वरीपरी विभिन्न जातिय राज्यको माग गर्दै पर््रदर्शन भइरहेका जुलस, नारावाजीको दृष्यहरु प्रसारण भई रहे । सुरक्षाकमर्र्हि निषेधित क्षेत्रमा जुलुसलाई प्रवेश गर्न नदिन सक्रिय भई रहे । एकै क्षणमा ढुंगामुडा र अश्रु ग्यास हानियो भन्ने खबरका साथ एकजना कर्तव्यनिष्ट सुरक्षाकर्मी डि.एस.पी. .... शाह गम्भीर घाइते भएको खबर आयो । संविधानसभा भित्रको कम्पाउण्डमा सभासदहरु नारावाजी गरी संविधान जारी गर जस्ता नाराहरु लाजै नमानी गुञ्जाइ रहे । जस्ले संविधान बनाउनुपर्ने हो उनिहरु नै त्यस्ता नारावाजी गर्ने जस्ता गैर जिम्मेवार हिसावले प्रस्तुत भइ रहेको live telecast पनि भई रहे । कोही सभासद आक्रोसमा बोल्दै थिए ११ बजे बिहानदेखि बोलाएर अहिलेसम्म बैठक बस्ने कुनै सूचना नै दिएका छैनन् नेताहरुले भन्ने कुरा गर्दै थिए । सभामुख कहा“ छन् र नेताहरु सिंहदरबारमा निर्रथक बैठक गर्दै समय बिताइ रहेका थिए । मन्त्री परिषदको बैठक आकस्मिक शुरु भैसकेको caption मा सूचना आयो । कोही असफल नेताहरु अब संविधान नबन्ने पक्का भयो भन्दै हासेर टेलिभिजनमा बोल्दै गरेको दृष्यहरु पनि देखिन शुरु भैसकेको थियो । विभिन्न channel हिरुले आफ्नो आफ्नो नेर्टवर्क मार्फ latest updated information हरु प्रसारण गर्ने भरमग्दुर प्रयास गरी रहेका थिए । जे होस् सारा नेपाली जनताहरु नेपालको संघिय गणतन्त्रात्मक संविधानको व्यग्र प्रतिक्षामा थिए । संविधान सभा वरीपरी व्यापक जनदवावका कार्यक्रमहरु विभिन्न जातीले संचालन गरी रहेका थिए । अन्तराष्ट्रिय जगतमा पनि नेपाललाई माया गर्ने नेपाली समूह मात्र होइन विदेशी नागरिकहरु पनि संविधान आउने हो होइन - भनि समाचार सुन्न अभ्यस्त थिए । कतै कतै त देशमा संकटकाल लाग्ने अनि कपmर्यु लाग्ने भो भनि १४ गतेको दिनै भरी अफिस नगई घरैमा बसेर टिभी हर्ेनमै व्यस्त मानिसहरु पनि देखिन्थे । अन्तमा राती ११ः०० बजे तिर न्यूजFlash देखियो कि प्रधानमन्त्री डा. बाबुराम भट्टर्राई राष्ट्रपति निवासमा मंसिर ७ गते अर्को संविधान सभाको चुनावको लागि सिफारिस गरी बालुवाटारको प्रधानमन्त्री निवासमा पत्रकारहरुसंग  कुरा गर्दै यही कुरा भन्दै हुनुहुन्थ्यो कि अबको संविधान सभाको चुनावमा हामीलाई दर्ुइ तिहाई बहुमत दिनुस ................ त्यस पश्चात सारा नेपाली जनताहरु निरास भई मध्यरातमा पनि न सुत्न सके न विरोध जनाउन बाहिर सडकमा निस्कन सके । किमकर्तव्य विमुड लाग्छ सारा श्रीसम्पत्ति हारीसकेका जुवाडेे जस्ता मनस्थीतिमा ।
    यी सबै मनोगत सोच विचारहरु मात्र होइन एउटा जटिल प्रश्नको उत्तर खोज्न आज आम नेपाली जनताहरु आ-आफ्नो बौद्धिक क्षमता अनुसार कोसिस गरीरहेका छन् । आखिर ४-४ वर्षसम्मको अनमोल समय नेपाल राष्ट्रको, नेपाली जनताको जो आफ्नो र्स्वर्गभन्दा प्यारो देशको गौरव र समृद्धीको लागि संविधान घोषणा पश्चात् राष्ट्रले एउटा निकास पाउछ र सबै नेपाली जनताको आर्थिक उन्नतीको बाटो खुल्छ भनि हृदयदेखि नै विश्वस्त हर्ुर्दै उक्त लोकतान्त्रीक संविधानको स्वागत गर्न प्रतिक्षारत थिए । सबै निराशामा परिणत भयो । नेताहरुको असक्षमतालाई गाली गरेर मात्र हुदैन उनीहरुले गरेको विश्वासघातको सजाय के हुनसक्छ - राष्ट्रको ढुकुटीको ९ अरब रुपैया खरानी भएको देख्दा कहि कतैबाट चित्त बुझदो जवाफ पाउने ठाउ नै देखिदैन । अब देशलाई कुन दिसा र लक्ष्यमा जाने गोरेटो कोर्ने हो - नेपाली जनताले आफ्नो छातीमा हात राखेर चिन्तन मनन गर्नु अति आवश्यक भैसकेको छ । हामी सबै सचेत नेपाली नागरीकले हाम्रा भविष्यका सन्ततीका लागि गर्नुपर्ने भूमिका के हुन सक्छ - के हाम्रो देश नेपाललाई अफगानिस्तान, इथोपिया, सुडान जस्तो गृह युद्धमा धकेलेर छाडि दिने - हाम्रो देशको युवा पिडीलाई सडकमा टायर बाल्ने, ढुंगा मुढा गर्ने, असक्षम, क्रुर स्वार्थी र पापी नेताहरुकै वरीपरी घुम्न बाध्य पार्ने - राष्ट्रको समृद्धीको लागि आफ्नो क्षमता विकास गर्ने अवसरको खोजी नगर्ने - यी गहन प्रश्नका जवाफ खोज्न म सारा सचेत नेपाली दाजुभाई दिदिबहिनीहरुलाई हृदय देखिनै सादर अनुरोध गर्न चाहन्छु ।
    ठूला ठूला कुरा गरेर, नेपाललाई सिंगापुर बनाइदिने २०१५ सालदेखि नै लक्ष्य गरेको एशीयाली मापदण्डमा १५ वर्षभित्रै पुर्‍याउने योजनाहरु आज २०६९ साल अर्थात् लगभग ५४ वर्षपार भइसक्दा पनि कहा पुगे - एक एक मिनेटको समय बहुत महत्त्वपर्ूण्ा हुने युगको यत्रो लामो आधा सताब्दी पार हु“दा समेत राष्ट्रको स्थिति दिनका दिन अधोगती तिर गइरहेको कुराले हामी सबैलाई घच्घच्याएकै हुनुपर्ने हो । यत्रो लामो अवधिसम्म हामी कहा“ हरायौं - ८३००० मेघावाट क्षमताको जलविद्युत निकाल्न सक्ने क्षमता भएको देशले हालसम्म २ हजार मेघावाटपनि निकाल्न सकेका छैनौ । हिराको खानी माथि बसेर माग्ने कटौरा लिएर हिडिरहेको हाम्रो देशको महान जनताहरुको जिवनस्तर कसरी उकास्न सक्छौं - योजनाकार विज्ञहरुलाई स्थान किन दिन सकेका छैनौं - यी यावत प्रश्नहरुलाई यसै यथावत् छाडी दिने की - यसको समाधानको लागि हामी पनि केही गर्ने -
    राष्ट्र सबैभन्दा महान हो । राष्ट्र रहे मात्र हामी नेपाली रहन्छौं । "चार जात छत्तिस वर्ण्र्ााे फूलबारी", विविधतामा एकता नै हाम्रो सामुहिक पहिचान हो । हिमाल, पहाड तर्राईको संगम नै हाम्रो देश नेपाल हो । समुद्र सतहदेखि ६९ मिटर उचाई रहेको भू-भागदेखि संसारकै सर्वोच्च शिखर सगरमाथा ८८४८ मिटर अग्लो चुचुरा रहेको देश नेपाल हो । हरेक ३० मिनेट ड्राइभ पश्चात् हावापानी फरक रहेका भू-भाग पुगिने १४१००० वर्ग किलोमिटर मेचीदेखि महाकालीसम्म फैलिएको संसार भरीकै सुन्दर देश नेपाल जहा“ आपसी मित्रता र सद्भावका साथ जिवन गुजारी रहेका हामी महान् नेपाली जनताहरु माझ फुट ल्याएर राज गर्ने निहित निकृष्ट स्वार्थ बोकेका २ प्रतिशत भन्दा पनि कम रहेका स्वार्थी राजनैतिक नेताहरुको कृयाकलापलाई हामी सबैले ध्यान दिएर बुझने प्रयास गरौं । हामी सोझा र निरीह गरीव जनताको दुहाई दिदै सत्ताको कर्ुर्सर्ीी बसेर विलासी जिवन बिताई रहेका स्वार्थी र पापी सोच मात्र भएका, कुरा एउटा गर्ने काम अर्कै गर्ने राक्षसी दिमाग भएका नेता भनाउदाहरुको गुलियो कुरामा मक्ख नपरी वास्तविकतालाई, सत्य, तथ्यलाई बुझन ढिला गर्‍यौं भने हामी सहित देश अझ तल दलदलमा पुग्ने कुरा निश्चित छ । राजनैतिक नेतृत्व सही नभएको कारणले आज व्यापक अराजकता र अनुसासनहिनता बढेको छ । अनुशासन बिनाको मानिस पर्ूण्ा मानव हुन सक्दैन । अनुशासीत नागरीक बेगर देशले कदापी उन्नती गर्नसक्दैन ।Law & Order मात्र राज्यले कायम राख्न सक्ने हो भने अबको ५ वर्षभित्रै नेपाली जनताले समृद्धीको दिशामा धेरै परिवर्तनको महशुस गर्न सकिन्छ । मात्र एक जना पुलिस अफिसरले व्यक्तिगत स्वार्थलाई त्यागेर कानूनको पालना ग राउन प्रयास गर्दा मात्र राजधानी काठमाडौं, पोखरा र विरगञ्ज जस्ता औद्योगिक महानगरका बासिन्दाले कति चैनको निद सुतेका थिए हामी कल्पना गरौ न ।
    त्यसैले नेपाललाई पनि कानूनी राज्य जस्तो बनाउन सहि मान्छेलाई प्रोत्साहन र गलत प्रवृत्तिलाई सजाय दिने सामान्य कुरा लागु गर्नसक्ने सरकारको स्थापना हुन अति जरुरी छ । राष्ट्रलाई सर्वोपरी राखी राम्रो र सक्षम व्यवसायीक व्यक्तिहरुलाई सही स्थान दिएर रोजगारी श्रृजना गर्दै अघि बढ्न सक्यौं भने हाम्रो देशको मुहार फर्ेन धेरै समय कर्ुर्नै पर्दैन । हामीले को सही र को गलत भन्ने कुरा छुट्टाउन सिकौं ।
    ४-४ वर्षम्मको अमूल्य समय र ९ अर्ब रुपैयाको खरानीको धुलोलाई सम्झौ त ∕ ती ६०१ असक्षम सभासद्हरु जो निषेधित क्षेत्र घोषणा गरिएको संविधानसभा हल बाहिर नारावाजी गर्दै संविधान जारी गर्न, नेताहरुलाई गाली गर्दै गरेका दृष्यहरु ∕ के तिनिहरुलाई आफ्नो जिम्मेवारी के हो - जनताले किन त्यहा“ पठाए, उनीहरुले खेल्नुपर्ने भूमिका के हो भन्ने सामान्य ज्ञान पनि थिएन - ४-४ वर्षो समयमा के-के काम सके - अन्तमा आएर तिनै अभागी सभासद्हरु नेताको टाउकोमा दोष थुपारेर आफू राम्रो भएको पुष्टी गर्न खोज्ने हास्यास्पद अभिव्यक्ति दिएर उम्कन मिल्छ - अनि फेरी पनि तिनै व्यक्तिहरु नया“ संविधान सभाको चुनावमा जनतासंग भोट माग्न आउदा हामी सबैले फुलको मालाले स्वागत गर्ने - ........... हामी सबै होसियार भएर राष्ट्रको लागि त्याग गरेका, व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेका, जातीय भेद्भाव नराख्ने अनुशासित र जिम्मेवार व्यक्तिहरुलाई चिन्ने कोशिस गरौ । ६०१ लाई सामाजिक बहिस्कार गरौ जसले हाम्रो अमूल्य ४-४ वर्षो समय र देखिएको ९ अरब रुपैया खरानी बनाएर नेपाल राष्ट्र र हामी गरीव जनतामाथि विदेशी ऋणको भारी बोकाउदै विश्वासघात गरे । निसन्देह भन्न सकिन्छ कि उल्फाको धन फुपुको श्राद्ध भनेको यही रहेछ । सबैलाई चेतना भया ..........
 

सम्बन्धित समाचारहरु