सत्ता केन्द्रित दलहरुको नग्न नृत्य
सत्ता केन्द्रित दलहरुको नग्न नृत्य
Added: 2012 May 26

नरेश फुयाँल जेष्ठ–१३,काठमाण्डौ । विश्वकै ध्यान नेपालको संविधान सभा र दलका क्रियाकलापमा खिचिएका बेला दलहरु भने फेरी आफ्नो पुरानै चरित्र देखाउन थालेका छन् । संबिधानसभाको म्याद सकिन केही घण्टा मात्र बांकी रहादा दलहरु संबिधानका बिबादित बिषय कसरी मिलाउने ? भन्ने बिषयमा केन्दित्र हुनु पर्नेमा सत्ताको खेलमा लागेका छन् ।

दुई साता सरकारमा रहेर बाहिरिएको नेपाली कांग्रेस, एमालेको शीर्ष नेतृत्व र माओवादी वैद्य पक्ष डा बाबुराम भट्टराईलाई सरकारबाट कसरी गलहत्याउन सकिन्छ भन्ने खेलमा केन्द्रित भएका छन् । बर्तमान सरकारबिरुद्ध अबिश्वास प्रस्ताव ल्याउने बिषयमा वैद्य पक्षीय नेता देव गुरुङ र कागे्रस सभापति सुशील कोइरालावीच आज छलफल भएको छ ।

कोइराला निवास महाराजगंजमा बिहान भएको छलफलमा गुरुङले डा भट्टराईलाई हटाउने भए आङ्खनो पक्षका सभासद्को समर्थन रहने काइरालालाई आश्वासन दिनु भएको श्रोतको दाबी छ ।

आफुहरुले हस्ताक्षर संकलन गरिसकेको जानकारी गराउदै गुरुङले कांगे्रस अघि बढे  डा भट्टराईलाई हटाउन आफुहरु तयारी अवस्चामा रहेको बताउनु भएको गुरुङको भनाई उदृत गर्दै एक बैद्य पक्षीय नेताले जानकारी दिए । जवाफमा अबिश्वासको प्रस्ताव ल्याउने बिषयमा एमालेसाग छलफल भइरहेको कोइरालाले गुरुङलाई सकारात्मक जवाफ दिनु भएको बताइएको छ ।
 
दलहरुवीच यती बेला बिश्वास र सहमतीको टड्कोर खांचो रहेका बेला उनीहरुबिच तयसको ठिक बिपरीत अबिश्वास र आशंका बढ्दै गएको छ । संबिधान नबने माओवादी र मधेसी मोर्चा सम्मिलित सरकार अनन्तकाल सम्म जाने आशंका गर्दै कांगे्रस एमालेका एकथरी नेताहरु अबिश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्री डा भट्टराईलाई हटाउने पक्षमा छने भने माओवादी संस्थापन पक्ष संबिधान नबने सरकार र सडक नै कब्जा गर्ने योजना निर्माणमा जुटेको छ ।

यता एमाले सभासद्हरुले हस्ताक्षर गर्न अस्वीकार गरेर तत्कालका लागी अध्यक्ष झलान खनालको अविश्वसासको प्रस्तावको योजना असफल पारिएका छन् । आफै सहभागी भएको सरकारबिरुद्ध अबिश्वास प्रस्ताव ल्याउन नहुने भन्दै जनजाती सभासदहरुले नेतृत्वलाई अबिश्वास प्रस्तावभन्दा संबिधान बनाउने तयारी थाल्न सुझाव दिएका छन् ।

नेपाली कांगे्रसले भने अहिलेसम्म औपचारिक रुपमा हस्ताक्षर संकलन थालिसकेको छैन् । इतिहासमा सायदै प्राप्त हुने संविधान सभाको उपलब्धी रक्षाका लागी जुट्नु पर्ने समयमा सत्ता केन्द्रित राजनीतिमा लहसिएका दलका नेताहरुको यो चरित्र देखेर जनतामा फेरिएकपट दल र नेताहरुप्रति वितृष्णा पैदा भएको छ ।

यसैबिच, माओवादी वैद्यपक्षको भेला आज बसेको छ । संविधानसभाको म्याद सकिनै लाग्दा आङ्खनो रणनीति तय गर्न बैद्य पक्षको भेला भएको हो । काठमाण्डौको घट्टेकुलोस्थित सामूदायिक सभा भवनमा भएको भेलाले अबिश्वासको प्रस्तावका लागी अरु दलहरुलाई कसरी मनाउने रणनीति तय गरेको श्रोतले बताएकोछ । भेलामा वैद्य सहितका केन्द्रीय सदस्य तथा सभासदहरु सहभागी थिए । 

जेठ १४ सम्म फखिर्ने र त्यसपछि महत्वपूर्ण निर्णय लिने वैद्य पक्षले बताउदै आएको छ । पार्टी भित्र विवाद नमिले विभाजनमा जाने समाचार सार्बजनीक भइरहेका बेला वैद्य पक्षको भेला भएको हो ।
 

सम्बन्धित समाचारहरु