हवाई दुर्घटनाको नेपाली इतिहास
हवाई दुर्घटनाको नेपाली इतिहास
Added: 2012 May 25

नरेश फुयाँल, जेष्ठ–१२,काठमाण्डौ । हवाई दुर्घना संबन्धि नरेश फुयालको विशेष रिर्पोट । पछिल्लो समय नेपाली आकाश हवाई यात्राका लागी असुरक्षीत बन्दै गइरहेको छ । बाक्लै रुपमा हवाई दुर्घटना हुदै गइरहेका छन् । जसका कारण अहिलेसम्म सयौले ज्यान गुमाइसकेका छन् ।

यस्तै आज अग्निी एयरको ढ ज्ञ बष्न विमान मुस्ताङको जोमसोममा दुर्घटना हुदा १५ जनाको ज्यान गएको छ । यो त एउटा पछिल्लो प्रतिनिधी घटना मात्र हो । नेपाली आकाशमा यस्ता थुप्रै एयरलाईन्सका धेरै दुर्घटना भइसकेका छन् । 

सन् १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरपोर्टमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको थियो जुन नेपालको इतिहासमा पहिलो हवाई दुर्घटना हो ।  १९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाण्डौमा दुर्घटना हुदा १४ जनाले ज्यान गुमाउनु प¥यो । सोही एयरलाइन्सको विमान १९५८ मा टिकाभैरभमा दुर्घटना हुदा २० जनाको मृत्यु भयो ।

यस्तै एन ए सी को बिमान १९६० मा भैरहवामा दुर्घटना हुदा ४ जनाले ज्यान गुमाउनु प¥यो । नेपाल एयरलाइन्सको विमान १९६२ मा ढोरपाटनमा दुर्घटना भयो, जुन घटनामा परी १० जनाको मृत्यु भयो । सोही कम्पनीको विमान सोही स्थानमा त्यही बर्ष दुर्घटना भयो जसमा ६ जनाको दुखद निधन हुन पुग्यो ।

१९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना हुदा ३५ जनाको ज्यान गयो । यसैगरी १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लिमा दुर्घटना हुदा १ जनाको मृत्यु भयो । सोही बर्ष रोयल फ्लाईट जोमसोममा दुर्घटना भयो जसमा १ जनाको मृत्यु भएको थियो । यस्तै १९७२ मा रोयल्फ्लाईट धुलिखेलमा दुर्घटना हुदा ३१ जनाको मृत्यु भयो । 

यसैगरी १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाण्डौको बोद्धमा दुर्घटाना हुदा ५ जनाको ज्यान गयो भने त्यसको एक बर्षपछि नेपाल एयरलाइन्सको बिमान मेघौलीमा दुर्घटना हुदा ६ जनाको मृत्यु भयो । १९७९ मा भिभिआईपी लाङलाङमा दुर्घना हुदा ६ जनाको मृत्यु भयो ।

बिराटनगरमा सन् १९८१ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुदा १० जनाको मृतयु भयो भने सोही एयरलाइन्सको बिमान १९८४ मा भोजपुरमा दुर्घटना हुदा १५ जनाले ज्यान गुमाउनु प¥यो । १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना भयो जसमा २५ जनाको ज्यान गयो । १९९२ मा थाई एयरको विमान घाङ्फेदीमा दुर्घटाना हुदा त्यसमा सवार ११३ जनाको मृत्यु भयो भने सोही बर्ष पि आइ एको विमान भट्टेडाडामा दुर्घटना हुदा १६७ जनाको ज्यान गया,े जुन अहिले सम्मकै नेपाली आकाशमा भएको बसैभन्दा ठूलो दुर्घटना हो ।

यसैगरी एभरेष्ट बिमान सिं¨ापुरमा दुर्घटना हुदा १८ जनाको मृतयु भयो । १९९५ मा नेपाल एयरलाइन्सको बिमान काठमाण्डौमा दुर्घटना भयो जसमा २ जनाको मृत्यु भयो भने त्यसको २ बर्ष पछि कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुदा १ जनाले अकालमै मृत्यु बरण गर्नु प¥यो । 

१९९८ मा ए.टि.एस.सि लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुदा १८ जनाले ज्यान गुमाउनु प¥यो भने सोही बर्ष एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुदा ३ जनाको मृत्यु भयो । १९९८ मा नै एनएसीको विमान सोलुखुम्बुमा दुर्घटना हुदा १ जनाले निधन भयो ।

१९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना हुदा ५ जना र लुफ्थासा एयरको बिमान भसुमासुर डाडामा दुर्घटाना हुदा ५ जनाको नै मृत्यु भयो । १९९९ मानै नोकेन एयरको विमान रामकोटमा दुर्घटना हुदा १५ र सोही बर्ष स्काईलाईनको विमान कमवानपुरमा दुर्घटना हुदा १० जनाको ज्यान गयो ।

यसरी नेपाली आकाशमा हवाई दुर्घटना हुने क्रम जारी नै रह्यो । नेपाल एयरलाइन्सको विमान सन् २००० मा डडेलधुरामा दुर्घटना भयो जसमा सवार २५ जनाले ऐय पनि भन्न पाएनन् । त्यसको एक सालपछि फिष्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु भयो । २००२ मा स्काईलाईनको विमान फेरी सुर्खेतमा दुर्घटना भयो जसमा सवार ४ जनाको मृत्यु भयो भने सोही बर्ष कास्कीमा भएको सा्रग्रीला एयरको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भयो ।

२००३ मा सिम्रिक एयरको बिमान एभेरेष्ट बेशक्याम्पमा भएको दुर्घटनामा परि २ जनाको मृत्यु भयो । २००४ मा लम्जु¨मा यति एयरलाइन्सको बिमान दुर्घटना हुदा ३ जनाको ज्यान गयो भने रामेछापमा २००५ मा एयर डाइनेष्टिकको विमान दुर्घना पनि ३ जनाको नै मृत्यु भयो ।

जुम्लामा यती एयरलाइन्सको बिमान २००६ मा दुर्घटना हुदा ९ जनाको मृत्यु भयो भने सोही बर्ष श्री एयरलाइन्सको विमान ताप्लेजु¨मा दुर्घटनाग्रस्त हुदा २४ जनाको घटनास्थल मै ज्यान गयो । यसैगरी सन् २००८ मा अनमिनको विमान रामेछापमा दुर्घनामा पर्दा त्यसमा सवार १० जनाको ज्यान गयो भने त्यही बर्ष लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी १९ जनाले ज्यान गुमाउनु प¥यो ।

सन् २००९ मा भने नेपाली आकाश हवाई यात्राका लागी सुरक्षीत रह्यो । तर १० मा भने २ ओटा हवाई दुर्घटना भए । जसमा मकवानपुरमा भएको अग्नी एयरको विमान दुर्घटनामा १४ जनाको मृत्यु भयो भने खोटा¨बाट उडेको तारा एयरको विमान बिच बाटैमा दुर्घटना हुदा २२ जनाले अकाल मै ज्यान गुमाउनु प¥यो ।

२०११ मा बुद्ध एयरको बिमान ललितपुरमा दुर्घटना हुदा १९ जनाको मृत्यु भयो  भने पछिल्लो पटक आज जोमसोममा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । 

यसरी आजसम्म नेपाली आकाशमा उड्दा उड्दै ज्यान गुमाउने संख्या ७ सय ४० पुगेको छ । यसरी एकपछि अर्को गर्दै नेपालमा दुर्घटना हुदा नेपालको हवाईसुरक्षा धेरै कमजोर रहेको विश्व समुदायमा सन्देश गएको छ । अन्तर्रािष्ट्रय नागरिक उडड्यन प्राधिकरण्ँ (आइकाओ) ले नेपालको आकाश असुरक्षित भएको भन्दै तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको ध्यानाकर्Èण्ँ गराएको थियो ।

उड्डयन सुरक्षाका लागि अनिवार्य मानिने बिभिन्न ८ वटा पक्षमा सन् २००९ मा आईकाओले गरेको नेपालको उड्डयन सुरÔाजा“च प्रतिवेदनमा नेपालले कुनै पनि बु“दामा न्युनतम मापदण्ड पूरा नगरेको देखाएको छ ।

उड्डयन सुरक्षाका विषयमा विश्वका १ सय ४८ मुलुकमा गरिएको अध्ययनमा विश्वको सरदर स्तरभन्दा नेपाल १५ प्रतिशत थप कमजोर अवस्थामा रहेको देखाएको छ । आईकाओको उड्डयन सुरक्षा प्रतिवेदनले नेपालको उड्डयन सुरÔामा ५८ प्रतिशत कमजोरी रहेको देखाएको छ ।

दुर्घटनाका थुप्रै कारणहरु हुन्छन ति मध्य हुन्, विÈम भू–धरातल, तिब्रगतीको मौसमी फेरबदल, पर्याप्त सूचना संकलन र प्रवाह गर्न विमानस्थमा आधुनिक उपकरण्ँको अभाव, पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनु, अदक्ष पाइलट, आदी ।

नेपाली हवाईयात्राको इतिहास हेर्ने हो भने अहिलेसम्म नेपालमा ७० वटा जहाज ठूला दुर्घटनामा परिसकेका छन् । नेपालले ९० को दशकमा उदार आकाश नीति लिएपछि नेपाली आकाशमा उडान भर्न निजी जहाज कम्पनीले प्रवेश पाए । उडान गर्ने जहाजको संख्या जसरी ह्वात्तै बढ्यो त्यसरी नै दुर्घटनाको क्रम पनि बढेको देखिन्छ ।

सन् १९५० को दशकदेखि जहाज दुर्घटनापछि प्रत्येक पटक छानबिन आयोग बने, आयोगले दुर्घटना नदोहोरिउन् भन्नाका लागि प्राविधिक र मानवीय कमजोरी हटाउन प्रशस्त सुझाव दिए तर, दुर्भाग्य आयोगले सुझाव दिएका केही प्रतिवेदनबाहेक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस“ग अधिकांश प्रतिवेदन छैनन्, कार्यान्वयनको कुरा त टाढाको पाटो भयो ।

अधिकांस दुर्घटना अध्ययन प्रतिवेदनले जहाजको प्राविधिक अवस्था चुस्त राख्नुका साथै जोखिमबाट जोगाउन सूचना दिने प्रविधि जडान गर्न सुझाव दिएका छन् ।

विश्वभर भइरहेका जहाज दुर्घटनामा ८० प्रतिशत मानवीय कारण्ँ रहेको पाइन्छ । तर, नेपालमा भएका हवाई दुर्घटनामा ९५ प्रतिशत मानवीय कारण्ँ जिम्मेवार रहेको  अध्ययन प्रतिवेदनबाट देखिन्छ । धेरै सावधानी अपनाउने र अनुभवी भनी कहलिएका चालकहरुले उडाएका विमान दुर्घटनामा पर्दा पनि प्रतिवेदनले मानवीय कमजोरी नै भनी ठहर गरेको देखिन्छ ।

प्रायः सबै दुर्घटनामा पाइलटलाई नै दोÈ देखाउ“दा नेपाली पाइलटको उडान दÔतामा प्रश्न चिन्ह लागेको छ । तर, नेपाली अध्ययन टोलीले तयार गरेका प्रतिवेदन वैज्ञानिक र वास्तविक धरातलमा नभएकाले चालकमाथि दोÈ थोपरिंदै आएको आरोप सबै सत्य नहुन सक्छ ।

दुर्घटनामा पाइलटको निधन भएपछि यसको सम्पूणर् दोÈ उसैको टाउकोमा राखिदिने र अरु सबै पÔ घटनाबाट निर्दोÈ देखिने एउटा परम्परा नै बनिसकेको छ ।

तर, घटनाबाट चोखिने यो पुरानो प्रबृतिबाट बाहिर निष्किएर बास्तबमै दुर्घटनाको कारण के हो ? यर्थाथ पत्ता लगाई जोखिमपूर्ण हवाई यात्रालाई कसरी सुरक्षीत र भरपर्दो बनाउने सोच्नु पर्ने बेला आएको छ ।

 

सम्बन्धित समाचारहरु