बन्दै बन्दले जनजीवन कष्टकर, समाधानमा खोइ चासो ?
बन्दै बन्दले जनजीवन कष्टकर, समाधानमा खोइ चासो ?
Added: 2012 May 17

नरेश फुयाँल, काठमाण्डौ ।  पछिल्लो समय दिनहु जस्तो हुने गरेका बन्दले जनता आक्रान्त बनेका छन् । तर पनि बन्द गर्नेहरुको संख्या भने घट्नुको सट्टा दिनदिनै बढ्दै छ । पछिल्लो एक महिनायता आफ्ना माग सरकार, संविधान सभा र दलहरुले संबोधन गर्नु पर्ने भन्दै दिनहु जस्तै आन्दोलन हुदै आएका छन् ।

बिभिन्न जातजाती, संघसंस्था, राजनीतिक दल तथा बिभन्न क्षेत्र र जिल्लाका स्थानीय मिलेर गर्ने गरिएको बन्दले जनताको दैनिकि कष्टकर बन्दै गइरहेको छ । बिभिन्न जिल्लामा खाद्यन्नको अभाब सुरु भएको छ भने स्थानीय स्वास्थ्य संस्थाहरुमा औषधीको समेत चरम अभाब हुदै गएको छ । जसका कारण आज सम्म झण्डै आधा दर्जनले ज्यान गुमाइसकेका छन् ।

सबै भन्दा बढी बन्दको प्रत्यक्ष मारमा परेका छन्–बिद्यार्थी, बिरामी,यात्रु र दैनिक ज्यालादारी गर्नेहरु । बैशाख महिना सुरु भएसंगै आफ्ना अधिकार र अग्राधिकार भावी संविधानमा सुनिश्चित हुनु पर्ने भन्दै भइरहेका प्रदर्शन आज पर्यन्त जारी छ ।  संविधान सभाले संविधान जारी गर्ने दिन जती नजिकिदै छ त्यती नै बन्द हड्ताल गर्नेहरुको संख्यामा पनि बृद्धि हुदै गइरहेको छ ।

सुदुरपश्चिम अझै सामान्य अवस्थामा फर्कन सकेको छैन भने तराईका २२ जिल्लाको जनजीवन अस्थब्यस्थ बन्दै गइरहेको छ । थामी राज्य चाहियो भन्दै दोलखा आन्दोलित छ भने संखुवासभा पनि बन्द छ । यता प्रोदेशीक राज्य चाहियो भन्दै खोटा¨, पर्सा लगायतका जिल्लाहरु पनि शान्त छैनन् । 

त्यती मात्रै होईन ब्राह्मण क्षेत्री लगायत बिभिन्न संघसंस्थाको अनिश्चितकालीन बन्दले पुरै नेपालकै जनजीवन नै अस्थब्यस्थ बनेको छ । तीन साता लामो दोहोर तेहेरो बन्दले थिलथिलो भएको सुदुरपश्चिम अझै सामान्य बन्न पाएको छैन । अखण्ड सुदुरपश्चिमको माग संबोधन हुने आधार तयार भएको भन्दै उक्त पक्षले आन्दोलन फिर्ता लिएपनि जातीय राज्यको माग गर्दै आएको संयुक्त थारु संघर्È समितिले गरेको बन्दका कारण्ँ कञ्चनपुर र कैलालीको जन–जीवन अझै पुरानै अवस्थामा फर्कन सकेको छैन । 

यता, राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि भन्दै ब्राह्मण क्षेत्री, दशनामी, दलित लगायतका बिभिन्न जातीय समुहको संयुक्त संघर्ष समितिले गरेको वन्दका कारण  राजधानी सहित मुलुकभरको जनजीवन प्रभावित भएको छ ।

यसअघी २ दिन सम्म नेपाल बन्द गरेका उनीहरुले सरकारसंगको बार्ता सकारात्मक भएको भन्दै माग पूरा गर्न ३ दिने अल्टिमेटम दिएर बन्द फिर्ता लिएका थिए । तर उक्त समयभित्र माग संबोधन नभएको भन्दै आफुहरुलाई आदीबासीमा सुचीकृत गर्नु पर्ने, अखण्ड नेपाल कायम हुनु पर्ने भन्दै उनीहरुले आजबाट अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । यो बन्द कतीसम्म लम्बिने हो स्यम उसैलाई थाहा छैन ।

यसैगरी जातीय पहिचान सहितको प्रदेश निर्माण्ँको माग गर्दै थारु संयुक्त संघर्È समिति र आदिवासी जनजाति महासंघ लगायतले सोमवारदेखी जारी राखेको बन्दका कारण तराइ मधेसको जनजीवन अस्तब्यस्थ बन्दै गएको छ । उता पूर्बी नेपाल पनि आन्दोलित छ भने बृहत लोकतान्त्रिक मधेसी मोर्चाले ११ प्रदेश बनाउने प्रमुख दलहरुको सहमतिको बिरोधमा भोलीदेखी अनिश्चितकालिन मधेस–तराई बन्दको आहवान गरेको छ । 

स्वायत्त लिम्बुवान र कोचिलाको माग गर्दै दिनुहु जस्तै हुने गरेका बन्द हड्ताल र शक्ति प्रदर्शनले स्थानीयको राजीरोटी नै खोसिएको छ ।  

जेठ १४ अर्थात संविधान जारी गर्ने दिन आउन अब १० दिन बांकी छ । यो दश दिन कसकसको बन्द छ ? र त्यसबाट सर्बसाधारणले भोग्नु पर्ने समास्या र हुने भौतिक सम्पत्ीको कुनै लेखा जोखा छैन । भोली राप्रपा नेपालको बन्द भने ८, ९ र १० गते जनजाती महासंघको तीन दिने नेपाल बन्द । कुनै न कुनै दिन, कसै न कसैको नेपाल बन्द १४ गते सम्मै छ ।

यसरी जनताकै नाममा बन्द गरिएको दुहाई दिदै गरिने लगातारको बन्दले जनताको दैनिकि कष्टकर बन्दै गएको छ । तर यसबाट पर्ने असरप्रती नत बन्दकर्ता नै संबेदनशिल देखिएका छन् नत सरकार । आखिर जनताकै लागी बन्द गरिएको हो भने जनताले चाहेको बन्दको विकल्प खोज्नु पर्छ । 

मान्छेको ज्यान गइसकेपछि शहिद घोषणा र क्षतीपूर्ताीको माग गर्ने मौलाउदो प्रबृतिको अब अन्त्य गर्नु जरुरी छ भने १० लाखसंग मान्छेको जीवनलाई तुलना गर्दै समय घर्किसकेपछि समस्याको समाधान खोज्ने सरकारले आफ्नो बानी पनि अब परिवर्तन गर्नु पर्छ ।  

होइन भने जनताले ६ दशकदेखी प्रतिक्षा गरेको संविधान सभाले स्वयम कती पय जनताका लागी भने खुसी होईन दुख लिएर नआउला भन्न सकिन्न । 
 

सम्बन्धित समाचारहरु