चुनौतिपूर्ण यात्रामा राष्ट्रपति
चुनौतिपूर्ण यात्रामा राष्ट्रपति
Added: 2012 November 25

नरेश फुयांल ।

राष्ट्रपतिले प्रधानमन्त्रीको साझा उम्मेरद्वार एक साताभित्र सिफारिस गर्न आह्वान गरेसंगै नेपाली राजनीतिको परिदृश्य फेरिएको छ । सात दिनमध्ये तीन बितिसक्दा समेत कुन दलबाट प्रधानमन्त्रीको उम्मेरद्वार सिफारिस गर्ने भन्ने न्यूनतम सहमती समेत हुन नसकेको छैन ।

कांग्रेस एमाले वा माओवादी कसले राष्ट्रिय सहमतीको चुनावी सरकारको नेतृत्व गर्ने सहमती हुदा एमाले र माओवादीमा समजदारी भए त त्यती धेरै अन्तरपार्टी बिरोध नहोला । तर कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमती भए बांकी चार दिनको सहमती अपुग हुने छ ।

माओवादीमा सहमती भए प्रचण्ड वा बाबुराममा र एमालेका केपी ओलीमा सहजै सहमती जुट्ने देखिन्छ । तर यी दलले नेतृत्वको अबसर पाउने कमै सम्भाबना छ । नेतृत्वको प्रवल सम्भाबना बोकेको कांग्रेसमा भने को प्रधानमन्त्री भन्ने बिषयमा लामो समयदखेी चर्को बिबाद छ । प्रधानमन्त्रीको लिगलिगे दौडमा रहेका उपसभापती रामचन्द्र पौडेल तथा पार्टी बरिष्ठ नेता शेरबहादुर देउवाबिच लामो समयदेखी प्रधानमन्त्रीको बिषयलाई लिएर गहिरो मतभेद छ ।

उनीहरु बर्तमान प्रधानमन्त्री संगको प्रतिसपर्धा र संविधानसभा बिगटनपछि आफ्नो पक्षमा अन्तरपार्टी तथा पार्टी बाहिर लबिङ्ग गर्दै आएका छन् । यता देउवा र पौडेलबिचको विवादले आजित कांग्रेस भित्रको संस्थापन पक्षधर भने देउवा र पौडेलमध्ये एक प्रधानमन्त्री भए अर्को धार संस्थापन पक्षसंग रुष्ट हुने भन्दै चुनावको मुखमा समग्र पार्टी संगठनमा नकारात्मक प्रभाब पार्ने बिश्लेषण गर्दै सभापती नै प्रधानमन्त्री हुनु पर्ने बताउदै आएको छ ।

कांग्रेसमा तीन जना प्रधानमन्त्रीका आकांक्षी रहेकाबेला त्यती सहजै उसले उम्मेरद्वार चयन गर्न सम्भव छैन । यसरी समय गुज्रिएमा राष्ट्रपतीले यसअघीको नजिरलाई अघी सारेर पून : दलहरुको आग्रहमा सहमतीका लागी समय थप गर्न सक्ने छन् । यो प्रक्रिया अनन्तकालसम्म लम्बिए उनी गम्भिर नैतिक संकटमा पर्ने छन् । उनको कदम अदुरदर्शी भएको एउटा पक्षले आरोप लगाउने छ ।

त्यस्तो अवस्थामा उनीसंग २ ओटा बिकल्पहरु रहनेछन् । एउटा बर्तमान कामचलाउ सरकारलाई बिस्थापन गरेर कार्यकारी अधिकार आफैले लिने । यसको कति पय बिपक्षी दल सहित सत्तारुढ दलहरु सहित सरकारले चर्को बिरोध गर्ने छन् । तर यो राष्ट्रपतिका लागी फलामको चिउरा चपाउनु सरह हुने छ । अर्को डा बाबुराम भट्टराई नेतृत्वको बर्तमान सरकारलाई नै चुनावी सरकार घोषणा गर्नु । यदी पछिल्लो बिकल्प लागु गर्नु पर्ने अवस्था शृजना भए यो सरकारले बिपक्षीलाई अल्मल्याउदै चुनावको मिति सार्दै अनन्तकालसम्म लम्बिन सक्छ ।


जहां अहिलेका प्रतिपक्षीले भन्ने गरेजस्तै सर्बसत्ताबाद लाद्न उसलाई उपयुक्त अबसर मिल्ने छ । यसरी अहिलेको राजनीतिक परिदृश्य हेर्दा राष्ट्रपतिको आगामी दिनको यात्रा तरबारको धारमाथीको जोखिम पूर्ण हुने देखिएको छ । यसबिचमा दलहरुबिचकबो सहमतीको रस्काकस्सी कहा पुगेर टुङ्गिन्छ । त्यसैले राष्ट्रपतीको कदमको मूल्याङ्गका सकारात्मक या जनकारात्मक कस्तो हुने हो मूल्याङ्गकन गर्ने छ ।

६ महिनासम्म सहमतीको शुत्र समेत पहिल्यान नसकेका दलहरुले बांकी चार दिनमा सहमती जुटाउछन भन्नेमा धेरैकालाई शंका छ । देशको राष्ट्रियतालाई मृत्यु शैय्यामा सुताएर सत्तामा शौदाबाजी गर्ने दल र तीनका नेताहरुले राष्ट्रपतीको बाद्ययतालाई बुभ्ने नैतिकता प्रदर्शन गर्ने इमान्दारीता देखाउलान् भन्ने बिश्वास गर्न सकिन्न ।
 
आगामी असारसम्म ८ महिना आफ्नो आयू बढाउन ल्याएको दुई तिहाई बजेट पास गरेर प्रमुख सत्तारुढ माओवादीलाई हौस्याएको तीन दिनबित्न नपाउदै उसलाई चिढ्याउनेगरीे कदम चालेपछि राष्ट्रपतीसंग रुष्ट बनेको माओवादी र मधेशी मोर्चाको ब्यबाहारले पनि एक सातापछि नेपालको भबिश्यको निर्धारण गर्ने छ ।

दलहरुको सहमतीले बिद्यमान राजनैतिक गतिरोध र संबैधानीक संकटसंगै देशको संक्रमणकाल छोट्याउने छ । बिमतीले त्यसलाई झन लम्याउने छ । देशको राष्ट्रियता र सार्वभौमिकता नै संकटमा पर्ने छ । दलहरुले आफ्नो सत्ता केन्द्रित राजनीतिको रोगलाई पन्छाएर संगिन मोडमा उभिएको देशलाई बचाउन आफ्नो सुझबुझ खर्चिनु आवश्यक छ ।

यसपटक पनि दलहरुले निहित स्वार्थको ग्यारेण्टी खोजे बहुललिय ब्यबस्थाप्रती नै वितृष्णा पैदा भई एक दलिय तानाशाहको आबश्यकताको महशुस जनताले नगर्लान भन्न सकिन्न ।

सम्बन्धित समाचारहरु