विपक्षी आन्दोलनमा, सहमतिको सम्भावना न्यून
विपक्षी आन्दोलनमा, सहमतिको सम्भावना न्यून
Added: 2012 November 10

नरेश फुयांल, कार्तीक–२५ काठमाण्डौ । केही समय दलहरु बिद्यामान राजनैतिक, संबैधानीक र आर्थीक संकटको निकासका लागी जुटे पनि अन्तत: मोर्चाबन्दी गर्दै आन्दोलनमा होमिएका छन् ।

राष्ट्रपतिले पटक पटक सितलनिवास बोलाएर सहमतीका लागी दबाब दिएपछि निर्बाचनमा जाने मोटामोटी सहमती गरेका दलहरुले फेरी एकले अर्कोलाई आन्दोलनबाटै निष्तेज पार्ने रणनीति अख्तियार गर्दै सडक संघर्षको बाटो रोजेका छन् ।

जनताले ऐतिहासिक संबिधान सभामा गरेको अर्बौको लगानीलाइ बालुवामा पानी हाले सरह खेर फालेर असफल भइसकेका दलहरु फेरी संविधान सभाको निर्वाचनमा जानेमा सहमती जनाउन सकिने बताएका छन्–राष्ट्रपतीका अगाडी ।

तर प्रमुख सत्तारुढ दल एकिकृत नेकपा माओवादीले उक्त बिषय पनि बिद्यमान समस्याको निकासका लागी एक बिकल्प मात्रै भएको भन्दै पुनरस्थापना आफ्नो पार्टीको मूख्य एजेण्डा भएको बताउदै आएको छ ।

दलहरुबिच धेरै बिकल्प छन् , देशलाई निकास दिन । उनीहरु संबिधान सभाको नया निर्बाचनमा जान पनि तयार छन् र त्यसको पुनरुस्थपनाका लागी पनि । तर कुरा अड्किएको छ–सरकारको नेतृत्वलाई लिएर ।

फरक फरक राजनीतिक पृष्ठभूमी भए पनि, भिन्न भिन्न बैचारीक धरातलबाट प्रशिक्षीत भएर आएपनि तथा बेग्लाबेग्लै भू धरातलबाट राजनीति गरेपनि उनीहरुबिच एक दुई घण्टाको संयुक्त बसाईमा रस्साकस्सी गर्ने हो भने संबिधानका बिबादित बिषयका बिबादित बिषयमा कुरा मिल्छ । त्यो बिगतले देखाइसकेको छ । तर महिनौ सम्मको बैठक र वार्ताबाट पनि सरकारमा को जाने ? अझ त्यसमा पनि कसले नेतृत्व गर्ने भन्ने बिषयमा भने कुरा मिल्दैन ।

निर्बाचन आयोग खालि भएको अवस्थामा निर्वाचन मै जान पनि सहमती गर्नु छ । संबैधानीक निकायमा पदाधीकारी नियुक्तिका लागी दलहरुबिच सहमतीको बिकल्प छैन । यस्तो अफ्ट्यारो परिस्थीतीमा पनि दलहरु भने  आआफ्नै सुगा रटानमा छन् । जसले दलिय दुरी झन बढाउदै छ । सहमतीको समय पर सादैछ ।

देशको राष्ट्रियता र सार्बभौमिकतालाई मृत्यु शैय्यामा सुताएर सत्ताको बार्गेनिङ्गमा  खरो उत्रिने हाम्रा दल र तीनका नेताहरुले ६ महिना बित्न लाग्दा समेत सरकारको नेतृत्वका बिषयमा सहमती जुटाउन सकेका छैनन् ।

लामो समयसम्म पनि सत्ताको रस्साकस्सीमा लाग्दा समेत एकले अर्कोलाई गलाउन नसकेपछि अन्तत: शत्ता प्राप्तीको भरपर्दो बाटो सडक आन्दोलनलाई देखेका बिपक्षी कांग्रेस–एमाले लगायतका दलहरुले प्रमुख सत्तारुढ दल एकिकृत नेकपा माओवादी र बर्तमान सरकारबिरुद्ध आज आन्दोलनको घोषणा गरेका छन् ।

जुन आन्दोलनले उनीहरुकै भाषामा सर्बसत्ताबादी सोच बोकेको बर्तमान निरङ्गकुश सरकारलाई घुडा टेकाउने छ । तर यता सरकार भने बिपक्षीको आन्दोलन औचित्य हिन रहेको भन्दै प्याकेजमै सहमती नभएसम्म सरकार नछोड्ने बताउदै आएको छ ।
दलहरुको यो सर्बसत्ताबादी चरित्र, सरकार बाहिर बस्नै नसक्ने पुरानै रोग, एकले अर्कोको अस्तित्व स्विकार्न नसक्ने इशर््यालु स्वभाबले देश झन अन्यनैलमा रुमलिने देखिएको छ । राजनीतिकसंगै आर्थीक संक्रमण लम्बिने देखिएको छ भने राष्ट्रियता झन संकटमा पर्ने भएको छ ।  

राजनीतिलाई बिना लगानीको उद्योग बनाएका दलहरुले सरकारलाई कमाइखाने भांडो बनाएर राज्य नियन्त्रीत सम्पूर्ण सम्यन्त्र आफु अनुकुल प्रयोग गदै राज्यका अङ्ग–अङ्गमा खेलेर पुरै देशलाई तहसनहस बनाएका दलहरु अझै निहित स्वार्थबाट माथि उठ्न सकेका छैनन् ।  

एकले अर्कोलाई लखेट्दै नालायकको सज्ञा दिएर आफ्नो दल त्यसमा पनि आफु नेतृत्वको सरकार नै सम्पूर्ण समस्या समाधानको अचुक उपाय ठान्ने नेताहरुको यो भ्रम नचिरिएसम्म नेपाल र नेपाली जनताले मुक्ति पाउने छैन । 



सम्बन्धित समाचारहरु