महिला विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान सहित समूह बी का सबै खेल भारतको उडीसास्थित कट्टकमा
महिला विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान सहित समूह बी का सबै खेल भारतको उडीसास्थित कट्टकमा
Added: 2013 January 26

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आइसिसीले महिला विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान सहित समूह बी का सबै खेल भारतको उडीसास्थित कट्टकमा गर्ने भएको छ ।
विश्वकपका सबै खेल मुम्बईमा हुने तय भएपनि शिवसेनाका कार्यकर्ताले पाकिस्तानी टोलीमाथि आक्रमण गर्ने धम्की दिएकाले ठाउँ परिवर्तन गरिएको अन्र्ताष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

आइसिसीका अनुसार पाकिस्तानले अब आफ्ना सबै खेल बाराबती रंगशालामा खेल्नेछ । तर अरु केही राजनीतिक समूहका कार्यकर्ताले उडीसामा पनि पाकिस्तानी उपस्थितिको विरोध गरेका छन् ।

उडिसा क्रिकेट एशोशिएसनका सचिव आशिर्वाद बेहेराले भने कुनै पनि टिमको खेलमा उडिसामा समस्या नहुने दावी गरेका छन् । महिला विश्वकप क्रिकेट यही ३१ जनवरी शुरु हुँदैछ ।
 

सम्बन्धित समाचारहरु