सहिद स्मारक ए डिभिजन लिग फुटबलको पहिलो चरण सकियो
सहिद स्मारक ए डिभिजन लिग फुटबलको पहिलो चरण सकियो
Added: 2013 January 25

प्रमुख दावेदार थ्रीस्टार क्लव विन्टर च्याम्पियन बनेसंगै सहिद स्मारक डिभिजन लिग फुटबलको पहिलो चरण सकिएको छ । पहिलो चरणको अन्तिमा खेलमा आज मूख्य दावेदार थ्रीस्टारले  अर्को दावेदार क्लव मनाङग मस्र्याङदीलाई १–० ले पराजित गरेको हो । थ्रीस्टारका लागि खेलको ४३ औं मिनेटमा कप्तान सन्तोष साहुखलले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

जितसँगै थ्रीस्टारले ३३ अंकका साथ शीर्ष स्थानमा रहँदै पहिलो चरण सकाएको हो । दोस्रो स्थानको त्रिभुवन आर्मी क्लवको २८ तथा तेस्रो स्थानको मच्छिन्द्र फुटबल क्लवको २७ अंक छ । पराजित मनाङ भने २६ अंकमै चित्त बुझाउँदै चौथो स्थानमा छ । १६ टिम सहभागी प्रतियोगिताबाट मध्यपुर युथ एशोसिएशन, बाँसबारी र बौद्ध फुटबल क्लव भने रेलिगेशनमा परेका छन् ।

अब हुने दोस्रो चरण अर्थात् सुपर लिगमा शीर्ष आठ टिमबीच उपाधि भिडन्त हुनेछ । सुपर लिगमा शीर्ष चार टिमसँगै न्यूरोड टिम एनआरटी, रानीपोखरी कर्नर टिम आरसीटी,  फ्रेण्ड्स र नेपाल पुलिस क्लव भिड्ने छन् ।
 

सम्बन्धित समाचारहरु