एसीसी महिला च्याम्पिनसीपमा नेपालले बिजयी शुरुवात
एसीसी महिला च्याम्पिनसीपमा नेपालले बिजयी शुरुवात
Added: 2013 January 24

थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पिनसीपमा नेपालले बिजयी शुरुवात गरेको छ ।
आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ८ विकेटले हराउंदै विजय सुरुवात गरेको हो । ६६ रनको लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो ।

नेपालका लागि रोशनी बोहराले १९, सीता मगरले नटआउट १८ र सरिता मगरले नटआउट ११ रन बनाएका थिए । मधु थापा एक रनमा आउट भइन् ।
यसअघि पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २५ ओभरमा ८ विकेट गुमाएर ६५ रन बनाएको थियो । कप्तान रुबिना क्षेत्री र निरा राजोपाध्यायले २/२ तथा करुणा भण्डारी, सरिता मगर र नेरी थापाले एक/एक विकेट लिएका थिए । नेपालले आफ्नो दोश्रो खेल भालि युएईसंग खेल्ने छ ।
 

सम्बन्धित समाचारहरु