आरसिटी र संकटा तथा वौद्ध र वाँसवारी क्लब भिड्दै
आरसिटी र संकटा तथा वौद्ध र वाँसवारी क्लब भिड्दै
Added: 2013 January 22

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटवलमा आज आरसिटी र संकटा तथा वौद्ध र वाँसवारी क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे १२ वजे हुने खेलमा चौथो स्थानको आरसिटीले ११ औं स्थानको संकटाको सामना गर्नेछ ।

१४ खेलबाट २६ अंक जोडेको आरसिटीले आजको खेल जितेमा दोस्रो स्थानमा पुग्नेछ भने सुपर एटमा पुग्ने संभावना टरिसकेको संकटाका लागि हार वा जितले आज खासै महत्व राख्दैन ।

त्यस्तै दिउसो साढे २ वजे रेलिगेसनमा परिसकेका वौद्ध र वाँसबारीवीच प्रतिष्पर्धा हुनेछ । १४ खेलमा १ खेलपनि जित्न नसकेको बौद्ध र १ जित र ३ बराबरी खेलेको बाँसबारी अन्तिम खेलमा सान्त्वना जित हात पार्ने दाउमा छन् ।
 

सम्बन्धित समाचारहरु