आर्मी दोश्रो स्थानमा उक्लियो
आर्मी दोश्रो स्थानमा उक्लियो
Added: 2013 January 21

नेपाल आर्मी क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको दोश्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज भएको पहिलो खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी लिग तालिकाको दोश्रो स्थानमा उक्लिएको हो । खेलको ७८ औँ मिनेटमा आर्मीका लागि राजु तामाङले गरेको गोल नै निर्णायक वनेको थियो ।

आर्मी १५ खेलवाट २८ अंक भएको छ । सारस्वतीले हारसंगै सुपर लिगका लागि अन्तिम आठमा पर्न अब जाउलाखेल र डिफेिडिङ च्याम्पियन नेपाल पुलिस क्लबको नजिता कुर्नु पर्नेछ ।

यता,फ्रेण्ड्ससँग १–१ को बराबरी खेल्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले ए डिभिजनमै स्थान पक्का गरेको छ । खेलको २८ औं मिनेटमा डोडोजले गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाएपनि त्यो धेरै बेर टिक्न सकेन । ३० औं मिनेटमा विक्रम लिम्बुले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

१५ खेलबाट २५ अंक जोडेको फेण्ड्स सातौं स्थानमा छ भने १६ अंक जोडेको एपीएफ १२ औं स्थानमा छ । जाउलाखेल र मध्यपुर मध्ये एक रेलिगेशनमा पर्नेछ । जाउलाखेलको १४ अंक छ भने मध्यपुरको १३ अंक छ ।

 

सम्बन्धित समाचारहरु