हिमालयन शेर्पाद्वारा उपाधी दावेदार मच्छिन्द्र पराजित
हिमालयन शेर्पाद्वारा उपाधी दावेदार मच्छिन्द्र पराजित
Added: 2013 January 19

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले उपाधीको दावेदार मच्छिन्द्रलाई पराजित गरेको छ। आज भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पासँग ३–२ को हार व्यहारेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले छैटौं मिनेटमा नै जसबहादुर राईको गोलबाट अग्रता लिएको थियो ।

२७ औं मिनेटमा मच्छिन्द्रका विशाल राई ए ले बराबरी गोल फर्काए भने २५ औं मिनेटमा दीपक राईले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए । तर, ४३ औं मिनेटमा हिमालयन शेर्पाले पेनाल्टी पायो र पुकार गहतराजले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । निकै रोमाञ्चक खेलको दोश्रो हापको सुरुमा नै गणेश खड्काले गोल गर्दै हिमालयन शेर्पालाई ३–२ को अग्रता दिलाए ।

मच्छिन्द्रको हार्दा प्रत्यक्ष फाइदा लिग लिडर थ्रीस्टारलाई भएको छ । ६ अंकको अग्रता लिएको थ्रीस्टारले अब अन्तिम खेल गुमाएपनि विन्टर च्याम्पियन बन्ने पक्का भएको छ । थ्रीस्टारको १४ खेलबाट ३२ अंक छ भने दोश्रो स्थानमा रहेको आरसीटीको २६ र तेश्रो स्थानमा रहेको मच्छिन्द्रको पनि समान २६ अंक छ ।

चोथो स्थानमा रहेको मनाङ मस्र्याङदीले भोली हुने खेलमा  पुलिसलाई हराउन सके दोश्रो स्थानमा उक्लनेछ । १३ खेल खेलेको मनाङको २५ अंक छ । १९ अंक जोडेको हिमालयन शेर्पा नवौं स्थानमा छ र उसको रेलिगेशन खतरा पूर्ण रुपमा टरेको छ ।

 

सम्बन्धित समाचारहरु