मछेन्द्र र हिमालयन शेर्पा क्लब भिड्दै
मछेन्द्र र हिमालयन शेर्पा क्लब भिड्दै
Added: 2013 January 19

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज हुने एकमात्र खेलमा मच्छिन्द्र र हिमालयन शेर्पा क्लब भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह हुने खेलमा मच्छिन्द्र जित निकाल्दै लिग लिडर थ्री स्टारसँगको दुरी कम गर्ने योजनामा हुनेछ भने हिमालयन शेर्पा उसलाई रोक्ने प्रयासमा मैदा छिर्ने छ ।
मच्छिन्द्रले आजको खेल जिते ऊ दोस्रो स्थानमा उक्लनेछ भने निकटतम प्रतिद्धन्दि आरसीटीसंग ३ अंकको अग्रता र थ्रीस्टारसँगको दुरी ३ अंक कम हुनेछ ।
१३ खेलबाट २६ अंक जोडेको मछिन्द्र तेस्रो स्थानमा छ भने थ्रीस्टारको १४ खेलबाट ३२ र आरसीटीको २६ अंक छ । समान खेल खेलेको हिमालयन शेर्पा १६ अंकसहित ११ औं स्थानमा छ ।
यसअघि हिजो भएको खेलमा थ्री स्टारले जित निकाल्दै शीर्षता कायमै राख्दा मध्यपुरले जावलाखेललाई हराउँदै ए डिभिजनमा रहने संभावना जिवितै राखेको छ ।

 

सम्बन्धित समाचारहरु