गायीका रुपा बिष्टको चौथो एल्बम “मलाई गर्व छ ” डिभीडि मा सार्बजनिक !
गायीका रुपा बिष्टको चौथो एल्बम “मलाई गर्व छ ” डिभीडि मा सार्बजनिक !
Added: 2013 January 01

करिब दुइ दशक अघि बाट नेपाली सांगीतिक क्षेत्रमा अनबरत लागी परेकि गायीका रुपा बिष्टले आफ्नो चौथो एल्बम बजारमा सार्बजनिक गरेकि छिन् । गीतसंगीत सुन्ने मात्र नभएर हेर्ने पनी जमाना आएको भन्ने प्रमाणित गायीका रुपा बिष्ट ले पछिल्लो एल्बम डिभिडिमा सार्बजनिक गरेर गरेकि छिन् । उनले सन् २०१३ को पहिलो दिन आफ्नो एल्बम पिता नान ब.बिष्ट र जेठी दिदी कमला श्रेष्ठको हातबाट गराएकि छिन् । उनको पछिल्लो एल्बममा जम्मा सात ओटा गीतहरुको म्यूजिक भिडियो सहित बजारमा नेपालीको मिडिया प्रा लि द्वारा सार्बजनिक गरेकि छिन् । अहिलेको जमाना सुन्ने संगै हेर्ने पनी भएकोले दर्शकले घरमा टिभी बाट प्रसारण हुदा कहिले बत्ती जाने,कहिले केबुल बिग्रने टेन्सन हुने हुदा आफूले सिधै दर्शकले हेर्न चाहेको बेलामा हेर्न मिल्ने गरी डिभीडि एल्बम सार्बजनिक गरेको बताउछिन् ।

लुम्बिनी अञ्चल कपिलबस्तु जिल्लामा जन्मेकि गायीका बिष्टले यस अघि “संम्झनामा”- “प्रेमीका”“एक पटक मायामा” बजारमा ल्याइसकेकि गायीका बिष्ट ले चौथो एल्बम पनी आफ्नै म्यूजिक कम्पनी बाट सार्बजनिक गरेकि छिन् । साधारण तबरले आफ्ना अभिभाबक का हातबाट सार्बजनिक गरिएको उनको यस एल्बममा गीतकारहरु ललिता कुवँर,रक्कि धासु, नरेश भट्टराई, सन्तोष भट्टराई र भुपेन्द्र खण्ड्काका शब्दहरु रहेका छन् भने हरि लम्साल, रक्की धासु, बिनोद खम्बु, न्ह्यु बज्राचार्य र गायीका बिष्ट आफ्नै को संगीतलाई सुन्न सकिने छ ।

त्यस्तै संग्रहित एल्बमका गीतहरुका भिडियोहरु मा अनुपा श्रेष्ठ, बादल प्रसाई,नेत्र गुरुंग,प्रसन्न पौडेल र स्बयमं गायीका रुपा बिष्टको निर्देशनका भिडियोहरु हेर्न सकिने छ । संग्रहित भिडियोहरुको छायांकन बिदुर पाण्डे, सन्तोष कोन्मे लगायतले गरेका छन् भने अडियो एरेन्ज गोपाल रसाइ,भुपेन्द्र बज्राचार्य,रकि धासु को रहेको छ ।

सार्बजनिक गरिएको एल्बममा म नारी हु , पिडाको गीत, मेरा धेरै प्रश्न, आमा, मान्छे, पापी जवानी, एक पटक मायामा बोलका गीतहरु हेर्न साथै सुन्न सकिन्छ ।

नेपाली सांगीतिक क्षेत्रको लगानी भनेको बालुवामा पानी भन्ने कुरालाई उनी नकार्छिन् । राम्रो र स्तरीय नयाँ पनका एल्बमहरु बजारमा आएमा बिक्ने उनको धारणा रहेको छ । राजधानीबाट प्रसारणमा रहेको नेपालीको रेडियो एफएम ८८.८ को सञ्चालक तथा स्टेशन प्रमुख समेत रहेकि गायीका बिष्टले डिभीडि एल्बमको बजार मुल्य पनी गीती अडियो एल्बमको सरह रहेको बताएकि छिन् ।

सम्बन्धित समाचारहरु