म्युजिक खवर म्युजिक अर्वाड २०१२ आज एक समारोहको विच सम्पन्न
म्युजिक खवर म्युजिक अर्वाड २०१२ आज एक समारोहको विच सम्पन्न
Added: 2012 August 08

म्युजिक खवर डटकमको आयोजनामा भएको पहिलो म्युजिक खवर म्युजिक अर्वाड २०१२ आज एक समारोहको विच सम्पन्न भएको छ ।संगीतर्कर्मी र संचारकर्मी विच सम्पन्न उक्त कार्यक्ममा म्युजिक खवरले पहिलो पटक आयोजना गरेको हो । काठमाण्डौको नाचघरमा आयोजना गरिएको अवार्ड कार्यक्रममा सांगीतीक माहौल निके राम्ो रहयो ।  कार्यक्रममा प्रमेाद खरेल,वद्रि पगेनी,निशा सुनुवार,दर्ुगा खरेल आदिले गीत संगीत प्रस्तुत गरेका थिए भने ,निर्देशक शंकर विसि र पार्वती राईले नृत्य गरेका थिए ।उक्त कार्यक्रममा  वरिष्ठ गीतकार किरण खरेल,राजेन्द्र थापा,जे वि टुहुरे,सुरेश अधिकारी,प्रदिप उदय,गोपाल पौडेल,सुमिना घिमिरे,निर्मल र्शमा जस्ता कलाकार तथा संचारर्कर्मीहरुले अर्वाड विजेताहरुलाइ अर्वाड वितरण गरेका थिए भने दिनेश डि।सीले कार्यक्मको उदघोषण गरेका थिए । चलेका कलाकारको अत्यन्तै कम सहभागी रहेको उक्त कार्यक्रममा  केही अर्वाड विजेताहरु अनुपस्थित रहेका थिए ।

 

अवार्डका विजेताहरुः

१. सर्वोत्कृष्ट राष्ट्रिय गीतः (रत्नशमशेर थापा)

२. सर्वोत्कृष्ट पप गायकः (शीव थापा मगर) कसरी वाचु

३. सर्वोत्कृष्ट पप गायीकाः (ईन्दिरा जोशी) रातो घाघर

४. सर्वोत्कृष्ट लोकदोहोरी गायकः (विमल डागी) यो मुटु तिम्रो हो

५. सर्वोत्कृष्ट लोकदोहोरी गायीकाः (देवी धर्ति) जिम्बल बाको

६. सर्वोत्कृष्ट भाकाः (बसन्त थापा) डाडै फर्के सल्लो

७. सर्वोत्कृष्ट लोकदोहोरी एल्वम (न्याउली ) एकनारायण भण्डारी

८. सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (लोकदोहोरी) : (म त नेपाली) शंकर वि.सी

९. सर्वोत्कृष्ट पाश्र्व गायकः (प्रमोद खरेल) किन लाग्छ माया

१०. सर्वोत्कृष्ट पाश्र्य गायीका: (माण्डवी त्रिपाठि) अन्दाज

११. सर्वोत्कृष्ट चलचित्र गितः (शान्तिप्रिय) भनिदेउन माया गर्छु

१२. सर्वोत्कृष्ट चलचत्रि संगीतः (लक्ष्मण शेष) किन लाग्छ माया

१३.सर्वोत्कृष्ट नव प्रतिभा (पुरुष) : (प्रल्हाद तिमील्सीना) हे तारा हे जुन

१४. सर्वोत्कृष्ट नव प्रतिभा (महिला) : (साहिमा श्रेष्ठ) हेरेको हेरै म

१५. सर्वोत्कृष्ट युगल गायनः (देव आले र अञ्जु पन्त) जिन्दगीको दोवाटोमा

१६. सर्वोत्कृष्ट ध्वनी मिश्रणः (राजकुमार वगर) फुलजस्तो मन

१७. सर्वोत्कृष्ट एसएमएस भोटिङ (गायत्री थापा)

१८. सर्वोत्कृष्ट संगीत संयोजनः (अमोल कार्की ढली) परेलीको वर्षातले

१९. सर्वोत्कृष्ट भिडियो निर्देशक -सुगम संगीत) : (शिव वि.क) उसले जति माया

२०. सर्वोत्कृष्ट सुगम संगीत (शब्द रचना) : (रमेश क्षेत्री) परेलीको वर्षातले

२१. सर्वोत्कृष्ट सुगम संगीतः (सन्तोष श्रेष्ठ) परेलीको वर्षातले

२२. सर्वाेत्कृष्ट सुगम संगीत (गायीका ) : (दुर्गा खरेल) वाचा त गरे गरे

२३. सर्वोत्कृष्ट सुगम संगीत (गायक) : (शिशिर योगी)

२४. सर्वोत्कृष्ट सुगम संगीत -एल्बम) : (विछोडमा) हरि विष्ट

सम्बन्धित समाचारहरु