अञ्जन दाहाल पहिलो एकल गीती एल्बम ‘तारा’ लिएर बजारमा आए
अञ्जन दाहाल पहिलो एकल गीती एल्बम ‘तारा’ लिएर बजारमा आए
Added: 2012 August 02

अञ्जन दाहाल पहिलो एकल गीती एल्बम ‘तारा’ लिएर शनिबारदेखि बजारमा आएका छन् । दाहालले पत्रकार सम्मेलन गरी एल्बम बिमोचन गरेका हुन् । गायक दाहालकी आमा तारा दाहाल, हेटौंडाका स्कुल अफ म्यानेजमेन्टका प्राचार्य पुरनबहादुर जोशी, हेटौंडा एकेडेमीकी सञ्चालक अंकिता सुमार्गी, रेडियो थाहा सञ्चारका स्टेशन प्रबन्धक पवनराज पौड्याल, हेटौंडेली गायक महासत्व बज्राचार्य र युवा ब्यबसायी दीपेन्द्रचन्द ठकुरीले संयुक्तरुपमा एल्बम विमोचन गरेका हुन् । सानैदेखिको गायन शौखलाई व्यवहारमा उतार्न भरपूर सहयोग गरेकी आमाको सम्मानमा लामसुरेधाप हेटौंडा–९ का २६ वर्षीय अञ्जन दाहाल ताराको तयारीमा जुटेका थिए ।
एल्बमका लागि उनले दुई वर्ष प्रतिक्षा गर्नुपयो । आर्थिक अभावपछि प्रतिक्षाको फल राम्रो आएकोमा अञ्जन औधी खुशी छन् । त्यसबेला आफ्नो मानमर्दन गरिएपछि सकारात्मक परिवर्तनको सोचस्वरुप महासत्व बज्राचार्य, तुलाराम थापा, प्रकाश वाग्ले र सहदेव अर्यालका शब्दलाई साथमा लिएर उनले तारा रेकर्डिङ गरेका थिए । काठमाडौ प्लाजास्थित ड्रिम्स रेकर्डिङ स्टुडियोमा एल्बम डबिङ गरिएको उनले जनाए । एल्बमका निमित्त हेटौंडाको रेडियो थाहा सञ्चार र हाल अमेरिकामा रहेका भाइ रञ्जनले आर्थिक सहयोग गरेका छन् । पाँचवटा गीत समावेश तारामा अञ्जनले आमाका लागि समर्पित आमाको लागिसहित राष्ट्रिय, प्रेम र स्टेज गीत समावेश गरेका छन् ।

सम्बन्धित समाचारहरु