भारतीय सदाबहार गायिका लता मंगेशकरले लगभग ४६ वर्षपछि नेपाली गीत गाइन
भारतीय सदाबहार गायिका लता मंगेशकरले लगभग ४६ वर्षपछि नेपाली गीत गाइन
Added: 2012 June 22

भारतीय सदाबहार गायिका लता मंगेशकरले लगभग ४६ वर्षपछि  नेपाली गीत गाएकी छन्। आनन्द अधिकारीको शव्द र सिखर सन्तोषको संगीत रहेको  रचित फूल भन्छ फुलिरहूँ, जून भन्छ चम्किरहूँ बोलको गीत लताले तीन साताअघि मुम्बईमा रेकर्ड गराएकी हुन्। यो गीतमा नेपाली गायक रामकृष्ण ढकालले साथ दिएका छन भने अर्को गीत एक्लै गायकी छिन । गीत ।मुम्बईको अँधेरी वेस्टस्थित स्वरलता स्टुडियोमा र्रर्ेकड गरिएको हो ।
गीतको सबै काम सिध्याएर संगीतकार सन्तोष र गायक रामकृष्ण काठमाडौं आइसकेका छन्।

युगल गीत रामकृष्णको आगामी एल्बम बाँचुन्जेलुमा समावेश गर्ने तयारी छ भने एकल गायनलाई चाहिँ कुनै फिल्ममा राखिने सम्भावना रहेको संगीतकार सिखर सन्तोषले बताए। उक्त गीत लताको आवाजमा र्र्रर्ेकड गराउन लगभग दुई वर्ष लागेको थियो ।

लताको भदा पर्ने गायक वैजनाथ मंगेशकर र साथी मयुरेसको सहयोगमा गीत रेकर्ड सम्भव भएको सन्तोषले खुलाए। १० वर्षदेखि मुम्बईको संगीत क्षेत्रमा संघर्ष गरिरहेका सन्तोषले सुरुमा लताकहाँ गीतको शब्द र रामकृष्णको गाएको सिडी पठाएका थिए।
मलाई शब्द, कम्पोज र रामकृष्णको आवाज मन पर्‍यो,संगीतकार सन्तोषले लतालाई उद्धृत गर्दै भने, त्यसपछि राजी भएँ।

लताले रामकृष्णको आवाजको निकै प्रशंसा गरेको सन्तोषले बताए। स्टुडियोमा दुई घन्टाजति लतासँग दुईजनाबीच कुराकानी भएको थियो।


३६ भाषामा गाइसकेकी लताले नेपाली संगीतकारको गीत गाएको पहिलोपटक हो। नेपालकै किरण कँडेलले एरेन्ज गरेको गीत फूल भन्छ फुलिरहूँको रिलिज एक डेढ महिनाभित्र हुने रामकृष्णले बताए।
छन्।
 

सम्बन्धित समाचारहरु