रेडियोकर्मी मनोज पन्तको
रेडियोकर्मी मनोज पन्तको
Added: 2012 June 18



बिगत दश बर्ष देखि एफ एम रेडियोको क्षेत्रमा क्रियाशील रहेका रेडियोकर्मी मनोज पन्त अब आफ्नो पहिलो नयाँ एल्बम 'प्रमोशन' बजारमा लिएर आउने तयारीमा छन् । ६ वटा गीत रहने सो एल्बम मा पप,आधुनिक र चितवनसंग सम्बन्धित एउटा गीत रहेको छ भने सो एल्बमलाई सिल्फ़ इन्टरटेरमेन्टले बजारमा लिएर आउने भएको छ र सम्पूर्ण गीतहरु रेकर्ड भैसकेको छ ।
यस एल्बम भित्र योगेन्द्रमणि दाहाल,भुपेन्द्र खडका शुक गुरुङ, बिपिन किरण,भरत सिटौला र किरण माइकलको शब्द रहेको छ त्यस्तै संगीतकारहरुमा राजु सिंह,राजनराज सिवाकोटी,अर्जुन पोख्रेल,शुक गुरुङ ,भरत सिटौला र किरण माइकल रहेका छन् । संगीत संयोजकहरुमा महाराज थापा,किरण तुलाधर,बिबस पौडेल,बिनय केटु आदर्श,बिपिन आचार्य र किशन'प्रश्न' रहेका छन् । ।एल्बम भित्र संग्रहित हुने 'जालिमाया' गीतलाई भने उनले पहिलो प्रमोशन गीतको रूपमा सार्बजनिक गरिसकेका छन् । 'प्रमोशन' एल्बम आगामी दशैं
अगाडि सार्बजनिक हुने रेडियोकर्मी गायक मनोज पन्त बताउछन ।

सम्बन्धित समाचारहरु