राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितीले आज राजधानीमा राष्ट्रिय पुजा लोक दोहोरी अवार्ड कार्यक्रमको आयोजना
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितीले आज राजधानीमा राष्ट्रिय पुजा लोक दोहोरी अवार्ड कार्यक्रमको आयोजना
Added: 2012 June 09

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितीले आज राजधानीमा राष्ट्रिय पुजा लोक दोहोरी अवार्ड कार्यक्रमको आयोजना गरेको छ । नेपाली लोक गीत संगीतको संरक्षण तथा सर्ंबर्द्धन गर्ने उदेश्यले ऐतिहासिक राष्ट्रिय पुजा लोक दोहोरी अवार्ड २०६९ आयोजना गरेको जनाएको छ । दिउँसो साढे १२ बजे पछि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा लोक गीत संगीतका बिभिन्न बिधामा अवार्ड बितरण गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा उत्कृष्ट गायन, बाद्यबाधन, लय, शब्द रचना लगायतका २६ बिधामा अवार्ड बितरण गरिने राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका उपत्यका समन्वय समिति सदस्य जय विकले जानकारी दिनु भयो ।

 

सम्बन्धित समाचारहरु