युवराज चौलागाईको दोस्रो एल्बम “यस” सार्बजनिक
युवराज चौलागाईको दोस्रो एल्बम “यस” सार्बजनिक
Added: 2012 October 17

करिव पाँच बर्ष अघि नेपाली सांगीतिक क्षेत्रमा यूफिल नामक एल्बम निकालेर यात्र शुरु गरेका गायक-संगीतकार युवराज चौलागाईको दोस्रो एल्बम “यस” काठमाण्डौ मैतीदेबिस्थित बोटल रेष्टुरेन्टमा एक भब्यता साथ सार्बजनिक गरेका छन् । उनको दोस्रो एल्बम नायक आर्यन सिग्देल,बरिष्ठ गायक प्रेम ध्बज प्रधान,संगीतकार राजु सिंह, गीतरकार समाजका अध्यक्ष योगेन्द्र मणि दहाल र एशियन म्यूजिक सेन्टरका ईश्वर गुरुंग ले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा उनको बिमोचित एल्बममा भएका गीत संगीतका बारेमा संगीतकार राजु शिंहले बिवेचना गर्नु भएको थियो ।

हिजो बिमोचित संगीत संग्रह यशमा जम्मा आठ ओटा गीतहरु समेटेएको छ |एल्बममा एकल शव्द शिव चौलागाई “कालु” को रहेको छ भने सम्पूर्ण गीतमा संगीत गायक युवराज आफैले दिएका छन् | नेपाली सांगीतिक क्षेत्रका सफल मानिएका संगीत संयोजकहरु माहाराज थापा,साहस शाक्य,गोपाल रसाइली लगायतले गरेका छन् भने सम्पूर्ण गीत ए वान म्युजिकसियन स्टुडियोमा रेकर्डिङ् गराएका छन् ।

बिमोचन समारोहमा नायक आर्यन सिग्देलले आफू एल्बम बिमोचन समारोहमा जाने नगरेको भएता पनी युवराजको कला र गलाको सम्मान गर्नका लागी आतिथ्यता अस्वीकार गर्न नसकेको बताएका थिए साथै उने गायक र बिमोचित एल्बमको सफलताको लागी कामना पनी गरेका थिए । संगीत बिमोचन समारोहमा बिमोचित “यस” एल्बममको नयाँ गीत नायक आर्यन सिग्देलले रिमोट थिचेर सार्बजनिक पनी गरिएक थियो ।

बिमोचित एल्बम सांगीतिक स्रष्टाहरु माझ लोकप्रिय रहेको एसियन म्यूजिकले बजार ब्यबस्थापन गरेको छ । एशियन म्यूजिक सेन्टरका इश्वर गुरुंगले बिमोचित युवराज चौलागाइको लैजा चरी एल्बममा समावेश गीतहरुले सांगीतिक क्षेत्रमा एउटा छुट्टै छाप छोड्ने बताउदै गीतले श्रोताहरुको मन जित्न सफल बन्नेमा आफू बिस्वस्त रहेको बताएका छन् ।

 

source nepaliko radio

सम्बन्धित समाचारहरु