नारायणगोपाल युवा संगीत पुरस्कार यस वर्ष युवा कलाकारद्वय रिमा गुरुङ -होडा श्रेष्ठ) र सत्यराज आचार्यलाई
Added: 2011 December 28

नारायणगोपाल युवा संगीत पुरस्कार यस वर्ष युवा कलाकारद्वय रिमा गुरुङ -होडा श्रेष्ठ) र सत्यराज आचार्यलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । कलाकारद्वय रिमा र सत्यराजले नेपाली लोक, आधुनिक एवम् मौलिक सङ्गीतको श्रीवृद्धि र यसको उत्थानका लागि विविध क्रियाकलाप र गतिविधिहरु गरेर प्रशंसनीय योगदान दिएवापत सो पुरस्कार दिने निर्णय भएको राष्ट्रिय युवा सेवा कोषले जनाएको छ ।

प्रत्येक वर्ष प्रदान गरिँदै आएको सो पुरस्कार ४० वर्ष मुनिका युवा गायक, सङ्गीतकारलाई दिइने गरिएको छ । सो पुरस्कारको राशि संयुक्त रुपमा रु ४० हजार, स्वर्णपदक र प्रशंसापत्र रहेको छ ।

सम्बन्धित समाचारहरु

प्रतिक्रिया दिनुहोस्


Type what you see in picture below

प्रतिक्रियाहरु:

No feed back Yet...
जनमत

Loading...

अडियो

  • सुमधुर धुन