प्रचण्डले फेरीबोली फेरे
प्रचण्डले फेरीबोली फेरे
Added: 2013 January 28

बोली फेरेर राष्ट्रिय राजनीतिमा समस्या सृजना गरेको आरोप लाग्ने गरेका एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्रीका लागि स्वतन्त्र व्यक्ति  हुनुपर्छ भन्ने कुरालाई छोडेको बताएर पछिल्लोपटक फेरी एक पटक बोली फेर्नु भएको छ ।

सहमतिय सरकारको नेतृत्व स्वतन्त्र व्यक्तिलाई दिने कुरा आफुहरुले छाडेको बताउनु भएका अध्यक्ष प्रचण्डले सहमति जुट्ने व्यक्तिलाई प्रधानमन्त्री बनाए आफुहरुलाई आपत्ति नहुने स्पष्ट पार्नु भएको छ ।

एकिकृत माओवादी रामेछापको दोश्रो जिल्ला अधिवेशनको आज मन्थलीमा उद्घाटन गर्ने क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । क्रममा दाहालले पहिलेको कुरा फेरेका हुन् ।

मुलुकको राजनीतिक जटिलतालाई निकाश दिनका लागि माओवादी जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनु भएका उहांले सहमति जुटे जेठ १५ सम्ममा निर्वाचन गर्न अझै पनि सकिने दावी गर्नु भयो ।

 

सम्बन्धित समाचारहरु