विपक्षिलाई परिर्वतन स्विकार्न गाह्रो : प्रम भट्टराई
विपक्षिलाई परिर्वतन स्विकार्न गाह्रो : प्रम भट्टराई
Added: 2013 January 28

माघ १५, काठमाण्डौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र र संघीयता लगायतका परिवर्तन कांग्रेस र एमालेलाई ‘बोकाको मुखका कुभिण्डो’ भएको टिप्पणी गर्नु भएको छ । एकीकृत नेकपा माओवादी विश्वविद्यालय सम्मेलनको आज राजधानीको कीतिर्पुरमा उद्घाटन गर्दै पार्टी उपाध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री डा. भट्टराईले ताजा जनादेश र मुलुकको निकासका रुपमा रहेको एक मात्र विकल्प निर्वाचनमा जानुको साटो कांग्रेस र एमालेले सरकार परिवर्तनको कुरा गरेर गैर जिम्मेवारपन देखाएको बताउनु भयो । कांग्रेस एमाले लगायतका विपक्षि दलहरुले परिवर्तनलाई रोक्न खोजेको आरोप लगाउंदै उहांले तत्काल निर्वाचन गर्नका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको र स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाएर चुनावमा जाने विषयमा छलफल भइरहेको जानकारी दिनु भयो ।


संसारमा क्रान्तिपछिको अवस्था निराशाजनक भएपनि केही समयपछि सामाजिक आर्थिक विकासले गति लिने भएकाले अहिल्यै निराश नहुन प्रधानमन्त्रीको आग्रह छ । एक अर्काे प्रसङ्गमा उपाध्यक्ष डा. भट्टराईले  एकीकृत माओवादीको नेतृत्वमा प्रचण्डको विकल्प नभएकले कार्यकर्तालाई कुनैपनि गुटका पछि नलाग्न आग्ररह गर्नुभयो ।

सम्बन्धित समाचारहरु