संविधानसभा पुर्नस्थापना गरेरै छाड्ने :संघिय समाजबादी पार्टीका अध्यक्ष राई
संविधानसभा पुर्नस्थापना गरेरै छाड्ने :संघिय समाजबादी पार्टीका अध्यक्ष राई
Added: 2013 January 27

माघ १४, काठमाण्डौ ।  संघिय समाजबादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकलाई निकास दिन विघटित संविधान सभाका प्रमुख ४ राजनीतिक शक्ति असफल भएको वताउनु भएको छ । रिपोटर्स क्लब नेपाल सोलुखुम्बु शाखाले आज जिल्लामा आयोजना गरेको साक्षात्कारमा  अध्यक्ष राईले ४ राजनीतिक शक्ति असफल भएकाले मुलुकलाई निकास दिन आफू प्रधानमन्त्री बन्न तयार रहेको वताउनु भयो । प्रतिपक्षी दलहरुले तय गरेका प्रधानमन्त्रीका उम्मेदवार काँग्रेस सभापति सुशील कोइरालालाई स्वीकार गर्न नसकिने वताउनु भएका राईले सहमतीय सरकार गठनका लागि अब नयाँ सिराबाट सहमति खोज्नु पर्ने वताउनु भयो ।

राजनीतिक गतिरोध अन्त्यका लागि संविधान सभाको पुन:स्थापना नै उत्तम विकल्प हुने भन्दै उहांल पुन:स्थापना गर्न अन्य दलहरुले तयार नभए आफ्नो पार्टीले आन्दोलनको आँधीबेहरी ल्याएर संविधान सभा पुन:स्थापन गराएरै छाड्ने दाबी गर्नु भयो ।

सम्बन्धित समाचारहरु