काग्रेसको नेतृत्वले जेठमा निर्वाचन गराउन सक्छ : नेका उपसभापति पौडेल
काग्रेसको नेतृत्वले जेठमा निर्वाचन गराउन सक्छ : नेका उपसभापति पौडेल
Added: 2013 January 27

माघ १४, काठमाण्डौ । काठमानेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले स्वतन्त्र व्यक्तिको नेतृत्वमा संविधानसभाको निर्वाचन हुन नसक्ने बताउनु भएको  छ । नेपाल प्रेस युनियन पर्वत शाखाले आज जिल्लामा गरेको कार्यक्रममा उपसभापति पौडेलले आफ्नो पार्टीको नेतृत्वको सरकारले मात्रै निर्वाचन गराउन सक्ने दावी गर्नु भयो । आफ्नो पार्टीलाई जिम्मा दिए जेठ भित्रै निर्बाचन गराउने बताउनु भएका पौडेलले जेठमा निर्वाचन गर्नकै लागि भए पनि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको जिकिर गर्नु भयो । सत्तारुढ प्रमुख दल एकिकृत नेकपा माओवादीले निर्वाचन गराउने शर्तमा जसको पनि नेतृत्व स्वीकार गर्न सक्ने बताइरहेको स्मरण गर्दै उपसभापति पौडेलले निर्वाचनका लागि कांँग्रेसको नेतृत्व स्वीकार गर्नु पर्ने धारणा राख्नु भयो ।

एकिकृत माओवादीले निर्वाचन गराउन नचाहेकाले कांग्रेसको नेतृत्व अपस्वकार गरेको  उहांको भनाई छ ।
एक फरक प्रसङ्गमा द्वन्द्वका समयमा भएका घटना उठाउँदा माओबादीका नेताहरुले कांग्रेस एमालेका नेताहरु पनि जेल जानुपर्ने कुरा उठाएको भन्दै उहांले आफुँहरुले कुनै अपराध नगरेकाले जेल जानु नपर्ने दावी गर्नु भयो ।

सम्बन्धित समाचारहरु