माओवादी विभाजन नाटकमात्रै : नेका नेता कोइराला
माओवादी विभाजन नाटकमात्रै : नेका नेता कोइराला
Added: 2013 January 27

माघ १४, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले माओवादी विभाजन नाटकीय शैली मात्र भएको बताउदै प्रचण्ड, बाबुराम र वैद्य एउटै प्रकृतिका फरक व्यक्ति भएको टिप्पणी गर्नु भएको छ ।  धनकुटामा आज विहान संचारकर्मीसँग कुरा गर्दै कोइरालाले दण्डहिनता, प्रेस कुन्ठित तथा देश र जनताका लागि गैर जिम्मेवारीपन देखाएर सर्वसत्तावाद हावी गर्ने चरित्रमा प्रचण्ड, बाबुराम र वैद्य एकै ठाउँमा उभिसकेको बताउनु भयो ।

एउटै सन्दर्भ र विषयवस्तुमा फरक–फरक कुरा गर्दै हिड्ने एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पिछिलग्गु भएर हिड्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराई नालायक भइसकेको कोइरालाको भनाई छ । उहांले सर्वसत्ताावादको अन्त्यका लागि विपक्ष दलहरुले आन्दोलन थालेको बताउनु भयो ।



सम्बन्धित समाचारहरु