पिक्षीले एउटा मुद्धा मात्र उठाएको भन्दै प्रमको असन्तुष्टि
पिक्षीले एउटा मुद्धा मात्र उठाएको भन्दै प्रमको असन्तुष्टि
Added: 2013 January 26

एमाओवादी उपाध्यक्ष समेत रहनु भएका  प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हजारौंका मुद्धा छाडेर विपक्षी दलहरुले एउटा मुद्धालाई उठाएको भन्दै असन्तुष्टि जनाउनु भयो ।  पत्रकार डेकेन्द्रराज थापाको हत्या मुद्धा परम्परागत हिसाबले अगाडि नबढ्ने भन्दै उहांले संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार अघि बढ्ने जीरिक गर्नु भयो ।
विपक्षी दलले २२ वर्षसम्म देशमा शासन मार्फत लुट मच्चाएकाले आत्तिएर छटपटी भएर आन्दोलन थालेको प्रधानमन्त्रीको टिप्पणी छ ।
यसैविच भक्तपुरको पाँचतले मन्दिर प्राङ्गणमा हुने माओवादीको जिल्ला अधिवेशनमा पार्टीको शिर्ष नेतृव सहभागी हुने भएपछि विपक्षी दलहरुले धर्ना र प्रदर्शनमा ५ जना घाइते भएका छन्
कांग्रेस एमाले लगायतका विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच भक्तपुरको सल्लाघारीमा झडप भएको हो । विपक्षीदलका कार्यकर्ताले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । दैलेख घटना र सरकारको बिरोधमा भन्दै विपक्षीहरुले सल्लाघारीमा नाराबाजी सहित प्रदर्शन गरेका हुन् ।
यता प्रधानमन्त्री डा. भट्टराई भने प्रर्दशनकारीलाई छलेर कार्यक्रमस्थल पुग्नु भएको थियो । कार्यक्रमस्थल पुग्न प्रधानमन्त्रीले पेप्सीकोला, सानोठिमीको बाटो प्रयोग गर्नु भएको थियो ।
 

सम्बन्धित समाचारहरु