सहमति नभएकोमा राष्ट्रपतिद्वारा चिन्ता ब्यक्त
सहमति नभएकोमा राष्ट्रपतिद्वारा चिन्ता ब्यक्त
Added: 2013 January 26

राष्ट्रपति डा. रामबरण यादबले दलहरुको असहमतिका कारण मुलुक गम्भिर दुर्घटनामा परेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । नेपाल बार एशोसिएसन र ल एसियाले आज राजधानीमा गरेको कार्यशाला गोष्ठीमा राष्ट्रपति डा. यादवले लामो समयसम्म गरेको आन्दोलनबाट प्राप्त उपलब्धी रक्षा गर्न नसक्नु दलहरुको कमजोरी भएको बताउनु भयो ।

आफ्नो कार्यभार पुरा नगरि संबिधानसभा बिघटन हुनु दुर्भाग्य भएको टिप्पणी गर्नु भएका राष्ट्रपतिले संबिधानसभाबाट संबिधान जारी हुन नसकेको कारण मुलुकमा संक्रमणकाल कायमै रहेको दावी गर्नु भयो ।  प्रधानन्यायधिश खिलराज रेग्मीले कानुनी शासन स्थापित हुन सके लोकतन्त्रको रक्षा हुने बताउनु भयो । स्वतन्त्र न्यायपालिकाको लागी कसैसंग सम्झौता हुन नसक्ने उहाको भनाई छ ।

एशिया प्रसान्त क्षेत्रका बार एशोशिएशनको साझा संगठन ल एशिया र नेपाल बार एशोशियशनले संयुक्त रुपमा आयोजना गरेको गोष्ठी भोली सम्म चल्ने छ ।

 

सम्बन्धित समाचारहरु