सहिद दिवस मनाइयो
सहिद दिवस मनाइयो
Added: 2013 January 29

आज माघ १६ गते अर्थात सहिद दिवस । प्रजातन्त्र र स्वतन्त्रता प्रािप्तका लागि आफ्नो ज्यान बलिदान दिने ज्ञात/अज्ञात सहिदहरुको सम्झनामा आज देशभर सहिद दिवस मनाइएको छ । 
तत्कालीन एकतन्त्रिय जहाँनियाँ राणा शासनविरुद्ध प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा शहादत प्राप्त गरेका चार सपुत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा आजका दिन शहीद दिवस मनाउने गरिन्छ ।
राणा शासकले विक्रम सम्वत १९९७ साल माघ १० गते शास्त्रीलाई टेकु पचलीमा रहेको खरीको रुखमा झुण्ड्याएर, माघ १३ गते माथेमालाई सिफलमा, १५ गते श्रेष्ठ र चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।
माघ १० गतेदेखि १६ गतेसम्म मनाइएको शहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मी, सुरक्षा निकायका प्रमुख लगायत शहिद पार्क लैनचौर पुगेर शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । 
चार शहीदले बलिदान दिएपनि उनीहरुको  सपना भने अझै पूरा हुन सकेको छैन । सरकारले सामान्य घटनामा मारिएका ब्यक्तिलाई पनि शहीदको कोटामा राखेर रकम वितरण थालेपछि शहीद शब्दकै अपमान भएको गुनासो सुनिन थालेको छ ।
वि.सं. २००७, २०३६, २०४६ र २०६२/०६३ सालका आन्दोलनहरुमा शहादत प्राप्त गर्नेहरुकै अवमूल्यन हुनेगरी जथाभावी शहीदको बर्गीकरण गरिँदा शहीदको संख्या गणनामै अन्यौल बढेको छ ।
शहिद दिवसको अबसरमा आज सरकारले सार्बजनिक बिदा समेत दिएको छ ।
यसैबिच शहीद दिवसका अवसरमा सन्देश दिुनहुंदै राष्ट्रपति डा. रामबरण यादव, उपराष्ट्रपति परमान्द झा, प्रधानमन्त्री डा बाबुराम भट्टराई तथा बिभिन्न दलका शिर्ष नेताहरुले संबिधानसभाबाट नयाँ संबिधान दिन सकेमात्र शहीदप्रति सच्चा सम्मान हुने बताउनु भएको छ । उहाहरुले वीर शहीदको सपनालाई साकार पार्दै स्वतन्त्र एवं निष्पक्ष निर्वाचनद्वारा संविधानसभाको गठन गरि देशलाई संविधान दिन सकेमात्रै शहीदको सम्मान हुने बताउनु भएको छ ।
 

सम्बन्धित समाचारहरु