उखु किसानलाई गिरफ्तार
उखु किसानलाई गिरफ्तार
Added: 2013 January 28

माघ १५, काठमाण्डौ । नवलपरासीका किसानले उखुको मुल्य निर्धारणमाग गर्दै प्रधानमन्त्रिलाई ज्ञापनपत्र दिन जांदा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको छ । जिल्लाको दक्षिणीभेगवाट हातहातमा उखु लिएर सदरमुकाम जाँदै गर्दा उखु उत्पादक किसानहरुलाई बुद्धचोकवाटै प्रहरीले लाठि चार्ज गरेर पक्राउ गरेको हो । प्रहरीले किसानहरुले मुल्य तोकिनु पर्ने र गतवर्षको भन्दा बढि मुल्य पाउनुपर्ने माग राखे राख्दै ज्ञापनपत्र बुझाउन जांदा उखु उत्पादक कृषक समितीका अध्यक्ष उमेश यादब , किसान नेता  सन्तु जयसवाल , श्रवण कुमार कोइरी , प्रेमचन्द्रर गुप्ता लगायत करिब तिन दर्जन किसानलाई प्रहरीले पक्राउ गरेको हो ।
हिरासतमा रहेका किसानहरुले सरकार बिरुद्ध नारावाजी गर्दै पक्राउ गरेकोप्रति विरोध जनाएका छन् ।  किसानहरु घरघरवाट हातमा उखु लिएर सदरमुकाममा आएका छन् ।

सम्बन्धित समाचारहरु