राप्रपा नेपालपनि आन्दोलनमा जाने
राप्रपा नेपालपनि आन्दोलनमा जाने
Added: 2013 January 26

राप्रपा नेपालले आगामी जेठ भित्र चुनाव हुने सुनिश्चित नभए आन्दोलनमा जाने तयारी गरेको जनाएको छ ।
राप्रपा नेपालको आजदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकबारे संचारकर्मीसँग कुरागर्दै अध्यक्ष कमल थापाले मुलुकको निकासका लागि आन्दोलनको विकल्प नभएको बताउनु भयो ।
थापाले बैठकमा प्रस्तुत गर्नु भएको राजनीतिक प्रस्तावमा नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरु सत्ता परिवर्तनमै केन्द्रीत भएको टिप्पणी गर्नु भयो । निर्वाचन पनि हुन नसकेको र अन्तरिम संविधान २०६३ ले काम गर्न छाडिसकेको वर्तमान अवस्थामा ०४७ सालकै संविधान ब्यूँत्याउनु पर्ने विषयमा पनि केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने अध्यक्ष थापाको भनाई छ ।
 

सम्बन्धित समाचारहरु