एमाओवादीले भन्यो : बिस्तापित पत्रकार दैलेख फर्क
एमाओवादीले भन्यो : बिस्तापित पत्रकार दैलेख फर्क
Added: 2013 January 26

एकीकृत नेकपा माओवादीले सुर्खेतमा रहेका दैलेखका पत्रकारहरुलाई जिल्ला फर्कन आग्रह गरेको छ । पत्रकारहरुलाई धम्की दिने आफ्नो पार्टीको कुनै नीति नभएको भन्दै एकीकृत माओवादीले निर्वाध रुपमा काम गर्न समेत पत्रकारहरुलाई आग्रह गरेको छ ।
पार्टी मुख्यालय परिसडांडामा सञ्चारकर्मीसँग कुरा गर्दे पार्टी प्रवक्ता अग्नीप्रसाद सापकोटाले पत्रकारको सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिन आफ्नो पार्टी तयार रहेको बताउनु भयो ।
एकीकृत माओवादीले ज्यान मार्ने धम्की दिएपछि दैलेखका २२ जना पत्रकारहरु विस्थापित भएका छन् ।
एक अर्को प्रसंगमा मुलुकको निकासका लागि कांग्रेस–एमाले गम्भीर बने आगामी जेठमा चुनाव गर्ने गरी सहमति खोज्न सकिने बताउनु भएका सापकोटाले  समझदारी जुटाउन आफ्नो पार्टी हदैसम्म लचिलो हुने जानकारी दिनु भयो ।

 

सम्बन्धित समाचारहरु