अकुपाई बालुवाटार कार्यक्रम आज एक महिनामा
अकुपाई बालुवाटार कार्यक्रम आज एक महिनामा
Added: 2013 January 26

महिला हिंसा रोक्न माग गर्दै अधिकारकर्मीहरुले अकुपाई बालुवाटार नाम दिएर शुरु गरेको दबाबमूलक कार्यक्रमले आज एक महिना पूरा गरेको छ ।
एक महिनादेखि आन्दोलन गर्दा समेत सरकारले आफ्ना माग वारे कुनै चासो नदिएपनि दवावमूलक कार्यक्रम भने नरोकिने अधिकारकर्मीले बताएका छन् ।
कानूनी शासन हुनपर्ने, अपराधीले सजायँ पाउनुपर्ने मागमा सरकारले सुनुवाई नगर्नु आश्चर्यपूर्ण रहेको भन्दै उनीहरुले आफ्ना माग पूरा नभएसम्म धर्ना प्रदर्शन जारी रहने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री निवास अगाडि एक महिनादेखि आन्दोलन गर्दा पनि चासो नदिएको  भन्दै आन्दोलनकर्मीले हिजो निषेधित क्षेत्र तोडेपछि प्रहरीले धरपकड गरेको थियो ।
 

सम्बन्धित समाचारहरु