आफ्नो पार्टीबाट प्रधानमन्त्री भए जेठमा निर्बाचन : पौडेल
आफ्नो पार्टीबाट प्रधानमन्त्री भए जेठमा निर्बाचन : पौडेल
Added: 2013 January 26

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफ्नो पार्टीलाई सरकारको नेतृत्व दिए आगामी जेठ १५ गते भित्र संविधानसभाको निर्वाचन गराउने बताउनु भएको छ ।कास्कीको पोखरा विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति पौडेलले एकीकृत नेकपा माओवादीले इमान्दारीताका साथ पूर्व सहमति अनुसार कॉग्रेसलाई सत्ता हस्तान्तरण गरे जसरी पनि जेठमा चुनाव गराउने दाबी गर्नुभयो ।

कांग्रेसले चुनाव गराउने डरले माओवादीले सरकार नछाडेको भन्दै उहांले एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनावसँग न–डराउन आग्रह समेत गर्नुभयो । चुनाव गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताउनु भएका कांग्रेस उपसभापति पौडेलले निष्पक्ष संविधानसभाको निर्वाचन नै अहिलेको राजनीतिक निकासको उत्तम विकल्प हुने बताउनुभयो ।
 

सम्बन्धित समाचारहरु