तत्काल सहमतीको सम्भावना छैन : खनाल
तत्काल सहमतीको सम्भावना छैन : खनाल
Added: 2013 January 26

नेकपा एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक दलबीच तत्काल सहमति बन्ने कुनै सम्भावना नरहेको बताउनु भएको छ । लामो समय वार्ताबाट सहमति खोज्ने प्रयास भएपनि निकास निस्कन नसकेपछि विपक्षि दलहरुले आन्दोलन थालेको अध्यक्ष खनालको भनाइ छ ।

प्रेस चौतारी बागलुङ शाखाले आज  बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले सरकार नेतृत्वकर्ता दल एकीकृत नेकपा माओवादीको सर्वसत्तावादी सोचका कारण सहमति जुट्न नसकेको आरोप लगाउनु भयो । मुलुक अब आन्दोलनतर्फ अघि बढेको बताउनु भएका अध्यक्ष खनालले विपक्षी दलहरुको थालेको सयुंक्त आन्दोलनले नै यही हिउँद याममा राजनीतिको छिनोफानो गर्ने दावी गर्नु भयो ।

देशव्यापी रुपमा आन्दोलनको आाधीबेहरी सिर्जना गरेर डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारलाई बर्खास्त गर्ने उहांको चेतावनी छ । विपक्षी दलहरु अहिले पनि  सहमतिको पक्षमा रहेको बताउनु भएका अध्यक्ष खनालले एकिकृत माओवादी र मधेसवादी दलहरुकै कारण मुलुक संकटमा फसेको जिकिर गर्नु भयो ।

निर्वाचन आयोग विघटन गरेर निर्वाचन हुन नदिने वातावरण बनाउन एकिकृत माओवादी लागिपरेको उहांको तर्क थियो । मुलुकका सबै संवैधानिक निकाय विघटन गरेर मुलुकलाई सर्वसत्तावादतिर धकेल्न माओवादी उद्ध रहेको भन्दै अध्यक्ष खनालले तत्काल सर्वसत्तावाद छोड्न  आग्रह गर्नु भयो ।
 

सम्बन्धित समाचारहरु