प्रथम चौमासिकमा साढे २ हजार कुष्ठरोगी भेटिए
प्रथम चौमासिकमा साढे २ हजार कुष्ठरोगी भेटिए
Added: 2013 January 25

आथिर्क वर्ष २०६९/७० को प्रथम चौमासिक महिनामा साढे २ हजार जनामा कुष्ठरोग देखिएको तथ्याङग सार्वजनिक गरिएको छ ।  ६० औं विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा कुष्ठरोग नियन्त्रण महाशाखा र लेप्रोसी मिसन आनन्द बन अस्पतालले आज काठमाडौंमा सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक बर्ष २०६८/६९ को पहिलो चौमासिकमा २ हजार ४ सय ३० जनामा कुष्ठरोग फेला परेको छन् ।

अन्यत्र भन्दा तराईका जिल्लाहरुमा बढी कुष्ठरोगी भेटिएको जनाइएको छ । शरीरको कुनै भागमा रातो, फुश्रो दागहरु देखा पर्नु, हात खुट्टाहरु लगातार झमझमाउनु र नशा सुन्निनु कुष्ठरोगका लक्षण भएको चिकित्सकहरुले जनाएका छन् ।
 

 

सम्बन्धित समाचारहरु