प्रमुख तीन दलको बैठकले विवादका केही विषय हल गरे पनि र्सार्थक सहमती खोज्न असफल
Added: 2012 February 08

श्ाान्ति र संविधान निर्माणमा उत्पन्न अवरोध अन्त्य गर्न सरकारको पहलमा आज बसेको प्रमुख तीन दलको बैठकले विवादका केही विषय हल गरे पनि र्सार्थक सहमती खोज्न असफल रहेको छ ।  प्रतिपक्षी दलहरुको चर्को आलोचना पछि सरकारले माओवादी युद्धकालमा तत्कालीन जनसत्ताले गरेका लिखतलाई बैधानिकता दिने निर्ण्र्ााफिर्ता लिने  सहमती जनाएको छ ।

 

राजधानीस्थित गोकर्ण्र्ाारसोर्टमा आज बसेको प्रमुख तीन दलका शिर्षनेताहरुको बैठकमा  प्रधानमन्त्री डा बाबुराम भट्र्राईले जनसत्ताका लिखतलाई बैधानिकता दिने  यस अघिको निर्ण्र्ाााई भोलि मन्त्रीपरिषद्को बैठक बसेर फिर्ता लिने सहमति  जनाउनु भएको छ । मन्त्रिपरिषद् बैठकले जनसत्ताका नाममा भएका विवादित निर्ण्र्ााफिर्ता लिएपछि भोली नै पुनः तीन दलको अर्को बैठक बस्ने बताईएको छ ।

 

यसैगरी बैठकले अवकास रोजेका माओवादी लडाकुलाई दिईएको चेक  खोसेको बारे छलफल गर्न भोलि सेना समायोजन विशेष समितिको बैठक बोलाउने सहमति  गरेको छ ।

 

प्रतिपक्षी कांग्ा्रेस-एमालेले जनसत्ताका लिखतलाई मान्यता दिने निर्ण्ँय खारेजीको माग गर्दै लगातार संसद् बैठक अबरुद्ध गर्दै आएका छन् ।

 

 आज बैठकको सुरुमै कांग्ा्रेस-एमालेले जनसत्ताका लिखतलाई मान्यता दिने निर्ण्ँय खारेज र लडाकुको चेक खोसिएको बारे सेना समायोजन विशेष समितिको बैठक बोलाउने प्रधानमन्त्रीले प्रतिबद्धता न-जनाएसम्म अन्य विषयमा छलफल हुन नसक्ने अडान राखेका थिए ।

 

प्रतिपक्षी दलहरुको उक्त अडानले बैठकमा केही वेर गतिरोध उत्पन्न भएपनि प्रधानमन्त्रीले अवकाश रोज्ने लडाकुको चेक खोसिएको सम्बन्धमा छानविन गर्न  विशेष समितिलाई जिम्मा दिने र समितिले उजुरी पनि लिन सक्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि बैठक अगाडि बढेको थियो ।

 

आजको बैठकमा संविधानका विवादित विषयहरुमा समेत छलफल हुने अपेक्षा गरिएको भएपनि त्यस तर्फप्रबेश नै नगरीएको श्रोतले बताएको छ ।

 

बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शर्ीष्ा नेताहरुको सहभागीता रहेको थियो ।  राजधानी बाहिर रहनु भएका  काग्रेस सभापति शुशिल कोईराला भने बैठकमा सहभागी हुनु भएन् ।

 

सम्बन्धित समाचारहरु

प्रतिक्रिया दिनुहोस्


Type what you see in picture below

प्रतिक्रियाहरु:

No feed back Yet...
जनमत

Loading...

अडियो

  • सुमधुर धुन