मलाई मौलिकतामा विश्वास छ सुरज सुब्बा, लेखक/निर्देशक
मलाई मौलिकतामा विश्वास छ सुरज सुब्बा, लेखक/निर्देशक
Added: 2012 May 13



शान्तिप्रिय/फिल्मीखवर साप्ताहिक

सायद कस्तोखाले चलचित्र हो -

यो चलचित्रलाई म यस्तो एउटा कथाभन्दा पनि घटना भन्न रुचाउँछु । पहिले पहिले चलचित्रको कुरा गर्दा स्टो
री हुन्थ्यो र सिङ्गो स्टोरीको चलचित्रको टेलिङ गरिन्थ्यो । तर आजभोलि एउटा इभेन्टमा पनि चलचित्र बन्छ र
सायद पनि त्यस्तै एउटा इभेन्ट हो । अहिलेका पुस्तामा आइ एम दी बेष्ट भन्ने जुन भावना छ त्यही क्रममा
घट्ने घटनाहरु चलचित्र सायदले बोकेको छ । खासगरी युवापुस्ताकै विषय र यही पुस्ताकै कथालाई अथवा भनौं एउटा
घटनालाई चलचित्रले समेटेको छ र प्रस्तुतिले त्यसलाई राम्रो बनाउने प्रयास गरिएको छ ।

चलचित्रमा सन्देश छ कि मनोरञ्जन -

मैले सिनेमा भन्ने बित्तिकै त्यसलाई विचारको रुपमा लिने गर्छर्ुु सिनेमाभित्र मनोरञ्जन पनि होलान्
तर मुख्य रुपमा विचार नै हुनर्ुपर्छ । र विचार र मनोरञ्जन भएपछि त्यो स्वस्थ चलचित्र बन्छ । त्यही हिसाबले यस
चलचित्रभित्र पनि सन्देशहरु छन् र सन्देश प्रवाहित गराउने क्रममा विचारसँगै मनोरञ्जन पनि छ । मुख्यतया कतिपयले
चलचित्रलाई मनोरञ्जन मात्रै लिए पनि त्यसमा विचार र सन्देश प्रवाहित गर्न सकिएन भने चलचित्र निर्माणले र्सार्थकता
पाउँदैन, यो कुरालाई मैले ध्यान दिएको छु ।

पर््रदर्शन पर्ूव नै यो चलचित्रको यति चर्चा किन -

कतिपय चलचित्रकर्मीहरु ट्रायल सो गर्न डराउँछन् । अथवा हाम्रो यहाँको अर्थमा भन्ने हो भने ट्रायल सो नै
गर्दैनन् । ट्रायल सोले नै यो चलचित्रलाई चर्चामा ल्याउन सफल भयो । राम्रो चर्चा पाउनुमा यसैको प्रतिफल
मान्छु म । जति पनि विशिष्ट व्यक्तिहरुले चलचित्र हर्ेर्नुभयो उहाँहरुको सुझावलाई पनि हामीहरुले ध्यान
दिएका छौं । र सबैजसोबाट सकारात्मक प्रतिक्रिया पाएको हुनाले यो चलचित्रले आफूलाई चर्चामा राख्न सफल
भयो । कन्टेन्टहरु पनि सबै राम्रा छन् र पब्लिसिटीलाई पनि हामीले नयाँ तरिकाले र राम्रो तरिकाले प्रस्तुत गरिर
हेका छौं । सायद यसैकारणले होला पर््रदर्शनपर्ूव नै चलचित्रको चर्चा राम्रै छ र दर्शकहरुले जुन आश राख्नुभएको छ
त्योभन्दा बढी चलचित्रमा छ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।

सायदले के भन्छ -

यसमा घटनाहरु समेटिएको छ । कतिपयले यही चलचित्रभित्र मनोरञ्जन पाउनुहोला अथवा कतिपयले एउटा इभे
न्टबाट म्यासेज लिनुहुन्छ होला । मुख्य कुरा कन्सेप्ट हो र मैले कन्सेप्ट लिएर नै एउटा पर्ूण्ा चलचित्र
बनाउने प्रयास गरेको छु । चलचित्रभित्र मसला नै हुनर्ुपर्छ भन्ने मान्यता मेरो छैन । कन्टेन्टका हिसाबले मुभीको
प्रिजेन्टेशन राम्रो हुनर्ुपर्छ । त्योअनुसार मैले ध्यान दिएको छु र सायदले युवापुस्ताको म्यासेजलाई अथवा
युवापुस्ताको कन्टेन्टलाई समेटेको छ ।

असफल निर्देशकदेखि सफल निर्देशकसम्मको यात्रालाई कसरी लिनुहुन्छ -

हामी मानव जातिलाई प्राणीहरुमा सर्वोत्कृष्ट प्राणीको रुपमा लिने गरिएको छ । प्राणीबाट
पनि गल्ती कमजोरी हुन्छन् । गल्ती कमजोरीलाई चिन्न सक्नर्ुपर्छ । त्यसलाई स्वीकार्न सक्नर्ुपर्छ र
आफूलाई सुधार्न सक्नर्ुपर्छ । जतिखेर म असफल भएँ त्यसपछि राइटरको रुपमा आएँ । राइटरको रुपमा
म सफल पनि भएँ व्यवसायिक हिसाबमा तर त्यसले मलाई सन्तुष्टि दिएन । कपी गरिएका धेरै चलचित्रहरु लेखियो
जुन मेरो व्यवसायिक बाध्यता थियो । जति मान्छे चलचित्र लिन आउनुहुन्थ्यो उहाँहरु कपी गरिएकोमा विश्वास
गर्नुहुन्थ्यो । यसोभन्दा ती निर्देशकहरुलाई अप्ठ्यारो लाग्ला तर म चलचित्रको स्त्रिmप्ट लेखेर मसालेदार
फिल्म बोकेर पसल थापेर बसेको थिएँ । आफ्नो मौलिकतामा विश्वास नहुने निर्देशकहरु देखेपछि मलाई दुःख
लाग्यो र म फेरी आफैं निर्देशनमा आएँ । मलाई मौलिकतामा विश्वास छ, मेरो चलचित्र झुर बन्ला तर म

कपी गरेर सिनेमा बनाउँदिन । वास्तवमा चलचित्र उद्योगमा जुन खाल्डो देखा पर्‍यो त्यो कपी गरिएकै चलचित्रका कारण
हो । जबसम्म निर्देशकहरुप्रति कपी गर्ने मोह हट्दैन तबसम्म चलचित्र उद्योगले र्सार्थकता पाउँदैन । बरु चलचित्रको
ब्रेक गर्न सकियो भने मात्रै त्यसले सफलता पाउन सक्छ ।

ब्रेक गर्ने नाममा छाडा चलचित्र बन्दै गइरहेका छन् के यो ठीक छ त -

अहिलेको चलचित्र भनेकै ब्रेक गर्नु हो । जतिखेर ब्रेक गरिन्छ, त्यहीँ रुल निर्माण हुन्छ । अथवा रुललाई
क्रस गरेर ब्रेक गर्नु नै अहिलेको रुल हो । हामी नेपालीहरुमा राष्ट्रियताको कमी छ । लुट भन्ने चलचित्र जसरी
बन्यो त्यसरी नै चल्यो । चलचित्रको विषय कपी गरिएकै थियो तर पुरानो फर्म्याटको चलचित्रको रुल ब्रेक भएको
थियो । सूत्रबद्ध अभिनय शैलीको ब्रेक थियो त्यसमा । घटना हाम्रो होइन तर सोच त हाम्रै हो । फलो गरेर त
कहिले पनि सफल भइँदैन । यसैले लुटलाई पछ्याउँदै अश्लीलतातिर गइरहेका चलचित्र फलोमा पर्छन् ।

चलचित्रमा के हुनर्ुपर्छ त -

कन्टेन्टले जे माग्छ त्यही दिन सक्नर्ुपर्छ । मेरा कुनै पनि चलचित्र सूत्रबद्ध लाग्दैनन् । एकपछि अर्को
चलचित्रको विषय फरक छ । हरेक एक चलचित्रपछि अर्को चलचित्र बनाउँदा म मेथड नै ब्रेक गर्ने गर्छर्ुु प्राविधिक
हिसाबमा अथवा लाइटिङ हिसाबमा अथवा छायाँकनका हिसाबमा चलचित्रको कन्टेन्टसँग यी विषयले सामिप्यता दिएको
हुनर्ुपर्छ । विगतमा जसरी सिनेमाको कन्टेन्ट नबुझेर गल्ती भयो त्यहाँनेर सबै सिनेमा एकैखाले देख्छौं ।
यसैले मेरा हरेक चलचित्र फरक लाग्छन् ।

नयाँ कलाकार लिएर काम गर्नुभएको छ, कास्टका हिसाबले सुहाएको छ त -

सबभन्दा पहिला मलाई के लाग्छ भने कलाकार भन्ने कहिल्यै पनि नयाँ र पुरानो हुँदैन । पुरानो कलाकार
पनि अर्को नयाँ चलचित्र जाँदा नयाँ भएरै जानर्ुपर्छ । उसले काम गर्न सक्यो कि सकेन अथवा चरित्र अनुसरा उ फिट
भयो कि भएन भन्ने कुरा मुख्य रुपले लिनर्ुपर्छ । कास्ट सफल हुनु भनेको पर््रदर्शनपर्ूव नै ५० प्रतिशत हिट हुने
अवस्था आउँछ । सायदमा पनि कन्टेन्टको हिसाबमा क्यारेक्टर सबल छ । नयाँ परिवेशका साथ नयाँ तरिकाले सबै
कलाकारले काम गरेका छन् त्यही कारण ट्रायल शो नै चलचित्रलाई रुचाइएको छ ।

सायदका बारेमा दर्शकलाई भन्ने कुरा के छ -

चलचित्रमा हामी आफ्नोपनको खोजीमा छौं । आफ्नो परिवेशको खोजीमा छौं । सायद आफ्नोपनको
चलचित्र हो । दर्शकहरुसमक्ष सायद पुग्दा सबै मन पराउने वर्ग मात्रै हुन्छ भनेर म भन्दिनँ । कसैले चलचित्रलाई
मन पराउँदैन भने त्यो उसको राइट्सको कुरा हो । तर यो कुरा म भन्न चाहन्छु कि यो हाम्रो चलचित्र हो ।र्
दर्शकले चलचित्र हेरिसकेपछि फलानो ठाउँबाट चोरेछ भन्ने दृश्य कतै पनि छैन । चलचित्र पत्रकार सबै साथीभाइको
भूमिकाले गर्दा यो चलचित्र पर््रदर्शनपर्ूव नै चर्चामा छ र यतिखेर पर््रदर्शनको अवस्थामा दर्शकवर्ग, मिडियाकर्मी एवं
चलचित्रकर्मी सबैको साथको जरुरत छ ।
 

सम्बन्धित समाचारहरु