जेभियर इन्टरनेशनल मिस ई–कलेज २०१२” प्रतियागिताको पहिलो चरणको छनौट प्रक्रिया सम्पन्न
जेभियर इन्टरनेशनल मिस ई–कलेज २०१२” प्रतियागिताको पहिलो चरणको छनौट प्रक्रिया सम्पन्न
Added: 2012 August 25

विगत चार वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजीक सास्कृतीक तथा मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको सिजन मिडियाले यो वर्ष पनि जेभियर इन्टरनेशनल कलेजको सहयोगमा “ जेभियर इन्टरनेशनल मिस ई–कलेज २०१२” कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्नु साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले तेस्रो चरणको “जेभियर इन्टरनेशनल मिस ई–कलेज २०१२” प्रतियागिताको पहिलो चरणको छनौट प्रक्रिया मार्कोपोलो विजनेश होटल कमलपोखरी मोड काठमाण्डौमा सम्पन्न भएको छ । काठमाण्डौमा रहेका विभिन्न कलेजहरुमा अध्ययनरत ४० भन्दा वढि छात्राहरुको आवेदनवाट जम्मा २४ जना प्रतियोगीहरु छनौट गरीएको छ ।
अडिसन को निर्णायक मण्डलको रुपमा जेभियर इन्टरनेशनल कलेजका प्रोगाम कोओडनिेटर सर्जन वि. सि. वर्षा कलेका डाइरेक्टर दिपक लिम्वु, अग्नी एयरकी चिफ एयर होस्टेज अन्जली सर्मा, टि भी कार्यक्रम प्रस्तोता तथा मोडल अकेशा विष्ट र म्यूजीक भिडियो डाइरेक्टर तथा सञ्चारकर्मी विकास सुवेदी हरु द्धारा छनौट गरीएको थियो ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई भाद्र १२ गते मंगलवार वाट मार्कोपोलो विजनेश होटल कमलपोखरीको हलमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा ( प्रतियोगीतामा सहभागीहरु लाई वढि मात्रामा सन्चार तथा मनोरन्जनात्मक क्षेत्रमा काम गर्न सजीलो र सहज होस भन्ने हेतुले दक्ष शिक्षकहरुवाट च् व् र ख्व् को विशेष कक्षाहरु पनि सन्चालन गराइने कुरा यहाँहरुलाई अवगत गराउदछौ ) साथै पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण (जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि ) मिडिया भिजीट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । विभिन्न कलेजको भ्रमण साथै कलेजमा अध्ययन गर्ने गराउने सम्पूर्ण विषय हरुको जानकारी प्रदान गराइने छ ।
स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । भाद्र ३० गते शनिवार प्रतियोगीहरुको टया्लेन्ट राउण्ड हुने छ भने असोज १९ गते शुक्रवार अन्तिम प्रतिस्प्रर्धा सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताले “जेभियर इन्टरनेशनल मिस ई–कलेज २०१२ ताज उपाधि सहित महिन्द्रा रोडीयो स्कुटर र उच्च शिक्षामा २ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः २ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् ।

सम्बन्धित समाचारहरु